बिहिबार १४.७१ अंकले बढ्यो नेप्से, २ अर्ब ४१ करोडमाथिको कारोबार
काठमाडौं। साताको कारोबारको पाँचौ दिन बिहिबार सेयर बजार बढेको छ। आज नेप्से १४.७१ अंकले बढेर २ हजार ००१.५३ विन्दुमा बढेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२० कम्पनीको ६२ लाख १० हजार ९०८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ४१ करोड १८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआईसी एसिया बैंकको भएको छ। यसको आज ३० करोड १८ लाख भन्दा बढीको कारोबार भएको छ।
बिहिबारको कारोबारमा १३ वटै उपसुचक बढेको छ। आजको कारोबारमा एनआईबिएल प्रगति फण्ड र प्रभु सेलेक फण्डका लगानीकर्ताले पनि अत्याधिक कमाएका छन्। भने, प्रुडेन्सियल इन्स्योरेन्स र सीइडीबि हाइड्रोपावरका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment