खैरो हिरोइनसहित चार जना पक्राउ

डिसी नेपाल
३१ असार २०७९ २३:३३

काठमाडौं । नेपाल प्रहरीले अवैध लागुऔषध खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले काठमाडौँ महानगरपालिका–६ बौद्ध पिपलबोटमा लागुऔषध कारोबारमा संलग्न चार जनालाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बुका २६ वर्षीय नीमा लामा, मोरङ शनिश्चरेका २९ वर्षीय किसान आङदेम्बे, रामेछापका ३५ वर्षीय कृष्णबहादुर मगर र मोरङ शनिश्चरेका २६ वर्षीय मणिराज सुब्बा रहेका छन् । ब्यूरोका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले अवैध रुपमा लागुऔषध बोकेर बिक्री वितरण गर्न हिँडेको अवस्थामा बौद्धबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *