सेनाको हेलिकप्टर दुर्घटनामा १४ जनाको मृत्यु

डिसी नेपाल
३२ असार २०७९ १२:२८
188
Shares

काठमाडौं । मेक्सिकोको सिनालोआमा शनिबार एउटा ठूलो दुर्घटना भएको छ । मेक्सिकोको नौसेनाको हेलिकप्टर ब्ल्याक हक दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ जबकि एक जना घाइते भएको बताइएको छ ।

यद्यपी दुर्घटनाको कारण भने खुल्न सकेको छैन । सेनाको हेलिकप्टरमा १५ जना सवार थिए । जसमध्ये १४ जनाको दुर्घटनामा ज्यान गएको छ । जबकि घाइतेहरुको उपचार भइरहेको छ ।

प्रारम्भिक जानकारी अनुसार मेक्सिकन नेवी हेलिकप्टर ब्ल्याक हक सिनालोआको लस मोचिसमा दुर्घटनाग्रस्त भएको थियो। स्थानीय सञ्चारमाध्यमले नौसेनालाई उद्धृत गर्दै दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताएको छ । यस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार यो घटना मेक्सिकन ड्रग्स मालिक राफेल कारो क्विन्टेरोलाई पक्राउ गरेको लगत्तै भएको हो। राफेल कारो क्विन्टेरो एफबीआईका १० मोस्ट वान्टेड अपराधी मध्ये एक हुन्। यद्यपि, नौसेनाले हेलिकप्टर दुर्घटना र क्विन्टेरोको गिरफ्तारीबीच कुनै सम्बन्ध रहेको पुष्टि गरेको छैन।

नौसेनाले विमान दुर्घटनाको छानबिन गर्न आदेश दिएको छ । सोही क्रममा दुर्घटनामा घाइते भएकाहरुको उपचार भइरहेको छ । विमानमा जम्मा १५ जना सवार थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *