सौन्दर्यकला व्यवसायी संघ भक्तपुरमा समिता ध्वजू

डिसी नेपाल
१ साउन २०७९ १४:२६
28
Shares
भक्तपुर। सौन्दर्यकला व्यवसायी संघ नेपाल जिल्ला समिति भक्तपुरको अध्यक्षमा समिता ध्वजू चुनिएकी छन्। संघकाे १५औं वार्षिक साधारणसभा तथा पाँंचौ अधिवेशनबाट ध्वजूको अध्यक्षतामा १५ सदस्यीय नयाँं कार्यसमिति निर्वाचित भएको हो।

समितिको उपाध्यक्षमा रेश्मा प्रधान, सचिवमा अनिता व्याञ्जु, सहसचिवमा मुना राउत, कोषाध्यक्षमा बसन्ती त्वायना र सहकोषाध्यक्षमा अस्मिता श्रेष्ठ चुनिएका छन्।

यस्तै सदस्यहरूमा चण्डिका ज्यापू, नरेश कारञ्जित, अनिता त्वाायना, शुभद्रा थापा, शर्मिला दुमरु, दीपा ध्वजू र शान्ति सुवेदी चुनिएका छन् । समितिको सल्लाहकारमा मोहनप्रसाद प्रजापति छन्।

यसअघि साधारणसभाको उद्घाटन सौन्दर्यकला व्यवसायी महासंघकी केन्द्रीय अध्यक्ष कमला श्रेष्ठले गरेकी थिइन्।

त्यस अवसरमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धर, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेमकृष्ण खर्वुजालगायतले सौन्दर्यकलाका विविध विषयमा चर्चा गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *