आचार्य फ्लप भएपछि पैसा फिर्ता

डिसी नेपाल
२ साउन २०७९ ७:५१

काठमाडौं। बलिउडमा एकातर्फ स्टारहरू फिल्म हिट भएसँगै आफ्नो पारिश्रमिकलाई दोब्बर बढाइरहेका छन्। फिल्म फ्लप हुँदा चाहिँ त्यसको घाटा निर्माता र वितरकले सहनुपरेको छ । फिल्म नचल्दा निर्माता र वितरक घाटामा परेको कुरालाई कलाकार सुन्न चाहँदैनन्।

तर, दक्षिण भारतीय फिल्ममा यस्तो घटना विरलै देखिन्छ र सुनिन्छ। यहाँका कलाकार फिल्म फ्लप भए पनि त्यसको भागिदार आफू पनि हुने अनुभव लिँदै पारिश्रमिक पनि फिर्ता दिन पछि पर्दैनन्।

गत अप्रिलमा रिलिज भएको मेगा बजेट तमिल फिल्म ‘आचार्य’का स्टारद्वय चिरञ्जीवी र राम चरणले निर्मातालाई आफ्नो आधा पारिश्रमिक फिर्ता गरिदिएका छन्। उनीहरूसँगै फिल्मका निर्माता कोरातला सिवाले पनि आफ्नो ५० प्रतिशत पारिश्रमिक फिर्ता दिएका छन्।

यो फिल्म निकै धुमधामका साथ रिलिज भएको थियो। बाबुछोरा चिरञ्जीवी र रामचरणको अभिनय रहेकाले पनि फिल्मले सफलता पाउनेमा सबैजना ढुक्क थिए। तर वास्तविकता ठीक विपरित भइदियो । फिल्मले बक्सअफिसमा टिक्न सकेन।

जसकारण फिल्मका निर्मातासँगै वितरकले नराम्रो घाटा सहनुपरेको हो। फिल्म हिट हुने आशामा वितरकले महँगो मूल्यमा फिल्म किनेका थिए । उनीहरुले निर्मातासँग फिल्मबाट प्राप्त मुनाफा नबाँड्ने र असफल भएमा त्यसको क्षति आफैं व्यहोर्ने सहमति गरेका थिए।

फिल्म असफल भएपछि वितरकहरु निर्माता तथा निर्देशकको शरणमा पुगे। उनीहरुले घाटाको भरपाई हुने आश्वासन दिएपछि निर्देश्क कोरातलाले आफ्नो आधा पारिश्रमिक निरञ्जर रेड्डीलाई फिर्ता गरे । यो कुरा चिरञ्जीवी र राम चरणले थाहा पाएपछि उनीहरुले पनि आधा प्रतिशत रकम फिर्ता गरिदिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *