बेनसँग जेनिफरले कसिन् लगनगाँठो

डिसी नेपाल
२ साउन २०७९ ८:२६
188
Shares

काठमाडौं। हलिउड अभिनेत्री जेनिफरले लसभेगासमा प्रेमी बेन एफलेकसँग विवाह गरेकी छन्। अभिनेत्रीले आफ्नो वेभसाइटमार्फत आफूहरुले विवाह गरेको जानकारी दिएकी हुन्।

‘हामीले यो गर्यौं। प्रेम सुन्दर छ। र यो बाहिर जान्छ कि प्रेम धैर्य हो । बीस वर्षको धैर्य’, उनले लेखेकी छन् । यो जोडीले १७ वर्षअघि इन्गेजमेन्ट गरेर त्यसलाई तोडेका थिए।

गत वर्ष यो जोडीले सामाजिक सञ्जालमा आफ्नो प्रेम पुनः सुरु भएको जनाउ दिएका थिए। नेभाडामा भएको द क्लार्ट कन्टी क्लेकको कार्यालयमा राखिएको रेकर्ड प्रणाली अनुसार अब जेनिफरले आफ्नो नाम जेनिफर एफलेक लेख्नेछिन्।

जेनिफरका अनुसार जोडी गत शनिबार लसभेगास पुगेर उनीहरुले विवाहको अनुमति पत्र लिएका थिए। जहाँ अन्यन चार जोडी पनि अनुमति पत्र लिन पुगेको हो।

सन् २००२ मा फिल्म ‘गिग्ली’को सेटमा यो जोडीको भेट भएको थियो। त्यसपछि सन् २००३ मा उनीहरु इन्गेज्ड भए। लगत्तै उनीहरुले मिडियाले आफूहरुलाई बढी ध्यान दिएको कारण देखाउँदै उनीहरु अलग्गिने निर्णय गरेका थिए।

यो अवधिमा लोपेज धेरैपटक इन्गेज्ड भइन्। उनले गायक मार्क एन्थोनीसँगै विवाह गरेकी थिइन्। एफलेकसँग उनको यो चौथो विवाह हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *