साउन महिनामा भुलेर पनि नगर्नुहोस् यी गल्ती, व्रतको फल प्राप्त हुँदैन
काठमाडौँ। हिन्दु धर्ममा साउन महिनालाई विशेष महत्व दिइएको छ। साउन महिनामा भगवान शिवलाई समर्पित गरिएको छ। यस महिनामा भगवान शिवलाई प्रसन्न पार्न सोमबारको व्रत बस्ने गर्दछन्। साथै शिवलाई मन पर्ने वस्तुहरू जस्तै बेलपत्र, भांग, गंगाजल, दूध, चन्दन, भस्म आदि चढाइन्छ। तर, साउनमा शिवको पूजा गर्दा महिलाले विशेष ख्याल गर्नुपर्छ । जानीजानी वा अनजानमा महिलाहरूले शिवको पूजा गर्दा धेरै ठूला गल्ती गर्छन्।
बेसार नराख्नुहोस्– शिवलिंग पुरुष तत्वसँग सम्बन्धित छ, त्यसैले शिव वा शिवलिंगलाई बेसार कहिल्यै चढाउनु हुँदैन। साउनमा शिवलिंगमा बेलपत्र, भांग, गंगाजल, दूध, चन्दन, खरानी आदि चढाउन सकिन्छ।
शिवलिङ्ग नछुनु – शास्त्रका अनुसार महिलाले भगवान शिवको पूजा गर्दा शिवलिङ्गलाई कहिल्यै छुनु हुँदैन । महिलाले शिवलिंग छोएमा माता पार्वती रिसाउने जनविश्वास रहेको छ।
कालो कपडा नलगाउनुहोस्– साउन महिनाको सोमबार व्रत बसेको छ भने भुलेर पनि कालो कपडा नलगाउनुहोस् । कालो रंग नकारात्मकताको प्रतीक हो। भोलेनाथको पूजा गर्दा रातो वा पहेँलो रंगको वस्त्र लगाउनु राम्रो मानिन्छ। साउनमा हरियो रङको लुगा लगाउनु पनि राम्रो हुन्छ ।
यी चिज नखानुहोस्– महिलाले साउन महिनामा भान्टा, लसुन, प्याज, मासु वा मदिरा सेवन नगर्नुहोस्। तामसिक खानाको सट्टा सात्विक खाना खानुहोस्।
अरुको निन्दा वा कुरा नकात्नुहोस् – कुनै पनि व्रतको अर्थ हामीले शारीरिक र मानसिक रूपमा आध्यात्मिक साधना गर्नुपर्छ र आफ्नो इन्द्रियहरू नियन्त्रण गर्नुपर्छ। साउन महिनामा कसैको कुभलो नसोच्नुस् र गाली नगर्नु । यसो गर्नाले व्रतको फल प्राप्त हुँदैन ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment