फ्यानको मायामा पग्लिइन् चर्चित गायिका, २७ वर्ष जेठा फ्यानसँग बिहे गरिन्

डिसी नेपाल
२ साउन २०७९ १६:४२

काठमाडौं । एक ४७ वर्षीय व्यक्ति आफ्नो मनपर्ने सेलिब्रेटीलाई भेट्ने सपना देख्दै थिए। उनी धेरै समयसम्म उनको पछि लागेका थिए । तर एक दिन उनको भाग्य यस्तो बदलियो कि उनले मनपर्ने पप स्टार युकी तोमोलाई मात्र भेटेनन् तर उनीसँग विवाह पनि गरे। युकी तोमो पुरुषभन्दा २७ वर्ष कान्छी छिन् ।

मानिसहरु भनिरहेका छन् कि जापानमा बस्ने मित्सुओजस्तो भाग्य सबैको हुँदैन, जसले आफ्नो क्रशलाई भेट्ने त कुरै छोडौं बिहे गरेर घर ल्याइदिन्छन् । ४७ वर्षीय मित्सुओले आफूभन्दा २७ वर्ष कान्छी पप स्टार युकी तोमोसँग विवाह गरेका छन् । उनीहरुको यो प्रेमकथा निकै रोचक छ ।

‘याहू’को रिपोर्ट अनुसार, २०२० मा युकी तोमोले आइडल समूहमा डेब्यु गरेकी थिइन्। यस अवधिमा उनी मित्सुओलाई उनी धेरै मन परिन्। त्यतिबेला युकी तोमो १७ वर्षकी थिइन् भने मित्सुओ ४४ वर्षका थिए । मित्सुओ युकी तोमोको यति ठूलो फ्यान भए कि उनी उनका हरेक कन्सर्टमा समर्थकको रूपमा पुग्थे।

मित्सुओ युकीको कार्यक्रममा पुग्न धेरै घण्टाको यात्रा गर्थे। युकीले उनको यो समर्पण देखिन् र त्यसपछि उनीहरूको कुराकानी सुरु भयो। युकी तोमो भन्छिन्– ‘मलाई लाग्छ मित्सुओ अन्य फ्यानभन्दा फरक छन् । म उसलाई विश्वास गर्न सक्छु र मेरो समस्याहरू साझा गर्न सक्छु, जुन म अरू कसैलाई भन्न सक्दिन।

रिपोर्टका अनुसार कुराकानी सुरु भएको केही दिन मित्सुओ युकी तोमोको कन्सर्टमा सहभागी भएनन् । यो थाहा पाउँदा युकी दुःखी भइन् । थाहा पाएपछि उनले मित्सुओलाई आफैं सम्पर्क गरिन् र आफ्नो भावना व्यक्त गरिन् । मित्सुओले उनलाई तुरुन्तै प्रस्ताव पनि गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *