काठमाडौं महानगरपालिकाले ल्यायो तीन वटा दमकल

डिसी नेपाल
३ साउन २०७९ १२:२९
92
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाले आज तीन वटा दमकल ल्याएको छ। ‘

महानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि कार्यहरु गर्दै आएको छ। सोही अनुरुप पुर्वमेयर विद्यासुन्दर शाक्यकै पालामा भएको दमकल खरिद प्रक्रिया अन्तर्गत ३ दमकलहरु महानगरमा आइपुगेका छन्,’ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘दमकलहरुको वैज्ञानिकतवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध छ।’

सकेसम्म अग्नी दुर्घटना हुनै नदिनु सबै भन्दा उत्तम विकल्प भएको जनाउँदै उनले आगोको बिषयमा कहिलै पनि हेलचेक्राइँ नगर्न सबैलाई अनुरोध गरेका छन्।

‘आगोको प्रयोगमा असाध्यै धेरै सावधानीको आवश्यकता जहाँसुकै र जहिलै हुन्छ। काठमाडौं जस्तो क्षेत्रहरु जहाँ आफ्नै संरचनागत खराबीहरुले गर्दा आगलागीको जोखिम उच्च र नियन्त्रणमा सिमितता छ, त्यस्ता क्षेत्रहरुमा आगलागीका बिषयमा झन् धेरै सचेत र होसियार हुनै पर्छ,’ काठमाडौं महानगरपालिकाका प्रमुख शाहले भनेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *