गभर्नर अधिकारीको राजीनामा माग गर्दै तीन विद्यार्थी संगठनको प्रदर्शन(फोटोफिचर)

डिसी नेपाल
५ साउन २०७९ १७:२१

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै आज माइतीघरमा कार्टुन प्रदर्शनसहित विरोध कार्यक्रम आयोजना भएको छ ।

नेपाल विद्यार्थी संघ, माओवादी समर्थित अखिल क्रान्तिकारी र नेकपा एस समर्थित अनेरास्ववियूका विद्यार्थीहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गर्दै राजीनामा माग गरेका हुन् ।

नेकपा एमालेको अर्थ तथा वाणिज्य विभागमा सदस्य रहेका एम अधिकारी र गर्भनर अधिकारी एकै व्यक्ति भएको भन्दै उनीहरुले राजीनामा मागेका हुन् । विरोध प्रर्दशनसँगै आयोजित सभालाई नेविसंघका अध्यक्ष   दुजाङ्ग शेर्पा, क्रान्तिकारीकी अध्यक्ष  पन्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेस पराजुलीले सम्बोधन गरेका थिए । प्रदर्शनकारीहरूले गभर्नरको राजीनामा वा बर्खास्तीको माग राख्दै व्यंग्यचित्र समेत प्रदर्शन गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *