पूर्वमेयरले करारमा कर्मचारी होइन, कार्यकर्ता भर्ना गरेका थिएः मेयर श्रेष्ठ

डिसी नेपाल
७ साउन २०७९ १४:४४

सिरहा।गोलबजार नगरपालिकाका नगर प्रमुख श्यामकुमार श्रेष्ठले पूर्वमेयरले करारमा कर्मचारी भर्नाको नाममा कार्यकर्तालाई जागिर खुवाएको आरोप लगाउका छन् । यही कारण त्यस्ता कर्मचारीको करार अवधि नथप्ने उनले प्रष्टाएका छन् ।

नगर प्रमुख श्रेष्ठले पत्रकार सम्मेलन गर्दै गोलबजार नगर कार्यपालिकाको ३० असारमा बसेको बैठकले करारमा रहेका कर्मचारीको करारअवधि असार मसान्तमा स्वतः सकिएको अवस्थामा कार्यपालिकामा जननिर्वाचित नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका प्रतिनिधिसमेतको सहमतिमा करार अवधि थप नगर्ने निर्णय गरेको प्रष्ट पारे ।

गोलबजार नगरपालिकामा पूर्वमेयरले करारका कर्मचारीका नाममा एउटै घरको तीन तीन जनालाई करारमा राखेको बताए ।गोलबजार नगरपालिकामा बिहीवार नगरप्रमुखको कार्यकक्ष तोडफोड भएको विषयमा मेयर श्रेष्ठले आयोजना गरेको पत्रकार सम्मेलनमा भने, शान्तिपूर्ण आन्दोलन भनिए पनि माओवादीका कार्यकर्ता र केही करारका कर्मचारीले सिटी बजाउँदै उग्रसैलीमा ढुंगामुंढा गरे । उनले भने,‘मैले गल्ती गरेको छु भने कानुन छ, म विरुद्ध मुद्दा हाल्दा हुन्छ, मलाई कानुनले जे सँजाय दिन्छ भोग्न तयार छु।’

माओवादी केन्द्रले गोलबजार नगरपालिका कर्मचारी निस्कासन गरेको भन्दै विरोधका विभिन्न कार्याक्रम घोषणा गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *