भारतकी बियांका र पाकिस्तानकी साइमाको प्रेम अनि बिहे !

डिसी नेपाल
९ साउन २०७९ १२:२९

काठमाडौं । भारतकी बियांका माइली र पाकिस्तानकी साइमा अहमदीको प्रेमकथा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । केही दिनअघि बियांकाले साइमासँगको आफ्नो तस्बिर सेयर गरेपछि मानिसहरूले उनीहरूलाई अद्भुत जोडी भन्न थालेका थिए ।

बियांकाले सन् २०१९ मा अमेरिकामा आफ्नो समलिङ्गी पार्टनर साइमा अहमदीसँग विवाह गरेकी थिइन् । बियांका माइली क्रिस्चियन हुन् भने उनकी पार्टनर साइमा मुस्लिम हुन् ।

बियांका कोलम्बियाई-भारतीय हुन्। अमेरिकामा एक कार्यक्रमका क्रममा साइमासँग उनको भेट भएको थियो । सन् २०१४ मा पहिलो भेटपछि बियांका र साइमाले करिब ५ वर्ष एक अर्कालाई डेट गरेका थिए । त्यसपछि सन् २०१९ मा दुवैले क्यालिफोर्नियामा विवाह गरेका थिए ।

बियांका र साइमाको विवाह समारोहको तस्बिर निकै भाइरल बनेको थियो । दुबैको पहिरनको पनि निकै तारिफ भएको थियो । विवाहको क्रममा बियांकाले आइभरी रंगको साडीमा देखिएकी थिइन्, उनले सिउँदोमा टिका, सुनको ब्रेसलेट र चुरा लगाएकी थिइन् । यस विशेष अवसरमा साइमाले कालो रंगको शेरवानी लगाएकी थिइन् ।

बिहेको दिन जन्ती पनि आयो । जहाँ दुवै पक्षका परिवारहरू भेला भएर गीत गाउँदै र नाचिरहेका देखिएका थिए । अन्तमा, बियांका र साइमाले एकअर्कालाई औंठी दिए र दुवैले औपचारिक रूपमा विवाह गरे।

यसअघि मेहन्दीको समयमा पनि यो जोडी परम्परागत पोशाकमा देखिएका थिए । बियांकाले गुलाबी रंगको लेहेंगा लगाएकी थिइन् । सोही क्रममा साइमा कुर्ता पजामामा देखिएकी थिइन् ।

बियान्का र साइमा सामाजिक सञ्जालमा निकै चर्चित भएका छन् । उनको तस्बिरमा हजारौंले लाइक र कमेन्ट गर्छन् । एकजनाले उनीहरूको प्रेमकथामा लेखे-अन्तमा मायाको जित हुन्छ। अर्काले भने – मायाको कुनै सीमा हुँदैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *