पूर्वी तराईमा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अपील

डिसी नेपाल
११ साउन २०७९ ६:५२

काठमाडौं। पछिल्लो ३ घण्टामा पूर्वी तराईमा भारी वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको हो । थप वर्षा हुनसक्ने आकलन गरिएको छ।

ती जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ। होचा स्थान र साना नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *