ऋण तिर्नका लागि घर बेच्न लागेका थिए, २ घण्टाअघि १ करोडको लट्री पर्‍यो

डिसी नेपाल
१२ साउन २०७९ ११:४२

काठमाडौं । केरलामा ऋणको बोझले दबिएका एक ५० वर्षीय व्यक्तिलाई एक करोड रुपैयाँको चिठ्ठा परेको छ । उनले व्यापारमा भएको घाटा र दुई छोरीको विवाहका लागि करिब ५० लाख ऋण लिएका थिए । बैंक र उनका नजिकका मानिसबाट लिएको यो ऋण तिर्न पैसाको अत्यन्तै आवश्यकता थियो ।

कासारगोड जिल्ला मञ्जेश्वरका मोहम्मद बावाले यसका लागि आफ्नो घर बेच्ने योजना बनाएका थिए तर चिठ्ठा परेपछि बावाले अब घर नबेच्ने निर्णय गरेका छन् । चिठ्ठा जितेकोले अब घर बेच्नुपर्ने अवस्था नरहेको बावाले सञ्चारकर्मीलाई बताए । ‘पुरस्कार पाएपछि हाम्रा सबै समस्या समाधान हुनेछन्’ उनले भने ।

चिठ्ठा जित्नेले व्यापार घाटाले निकै चिन्तित भएको तर अहिले भगवानले बाटो देखाएको बताए । ऋणको जालबाट बाहिर निस्कने आशामा, ५० वर्षीय उनले आइतबार दिउँसो एक विक्रेताबाट केरला सरकारको ५०-५० चिठ्ठाको टिकट किनेका थिए।

आइतबार दिउँसो ३:३० बजेसम्म चिठ्ठाको नतिजा घोषणा भइसकेको चिठ्ठा जितेका ५ सन्तानका पिता मोहम्मद बावाले बताए । उनले भने ‘भाग्यवस मैले पुरस्कार पाएँ। अघिल्लो दिन खरिदकर्ताहरूले हामीलाई मेरो घरको लागि अग्रिम टोकन दिन साँझ ५:३० बजे आउने जानकारी दिएका थिए ।’ मोहम्मद बावाले कर कटौतीपछि करिब ६३ लाख रुपैयाँ पाउनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *