राजदूत शर्मा र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता
काठमाडौं। भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतीय विदेश सचिव विनय मोहन क्वात्रासँग भेटवार्ता गरेका छन्। भेटवार्ता नयाँदिल्लीस्थित विदेश मन्त्रालयमा भएको थियो।
‘आज विदेश सचिव विनय मोहन क्वात्राजीसँग असाध्यै राम्रो भेटवार्ता भयो। द्विपक्षीय सहयोगसँग सम्बन्धित विवधि विषयहरुको समिक्षा गरियो।
सबै क्षेत्रमा बलियो द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन नजिक रहेर काम गर्ने सहमति भएको छ,’ राजदूत शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment