‘पार्टनरको अनुमतिबिना कण्डम फुकाल्नु अपराध’
ओटाबा। यौन सम्पर्क गर्दा आफ्नो पार्टनरको स्पष्ट अनुमतिबिना कण्डम निकाल्नु अपराध भएको क्यानडाको सर्वोच्च अदालतले फैसला गरेको छ।
सन् २०१७ मा अनलाइनमार्फत बोलचाल गरेका, त्यसपछि व्यक्तिगत रूपमाभेट गरेका र यौन सम्पर्कका लागि फेरि भेट गरेका दुई जना व्यक्तिको मुद्दामा अदालतले उक्त फैसला गरेको न्युयोर्क टाइम्सले जनाएको छ।
नाम गोप्य राखिएकी महिलाले कन्डमको प्रयोगमा यौनसम्पर्क गर्न सहमति जनाएकी थिइन्। दुईमध्ये एक पटकको यौन सम्पर्कमा अभियुक्त पुरुषले कन्डम लगाएका थिएनन्। सोही कारण महिलाले एचआईभी रोकथामको उपचार गर्नु परेको थियो।
प्रतिवादी रोस म्याकेन्जी किर्कप्याट्रिकलाई यौन दुर्व्यवहारकाे आरोप लगाइएको थियो। कन्डम लगाउन असफल भए तापनि उजुरीकर्ताले यौन सम्बन्धमा सहमति जनाएको फैसलामा उल्लेख छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment