नेपालको मूल संकट र समाधानका उपाय – Dcnepal

नेपालको मूल संकट र समाधानका उपाय

विश्वको प्राचीन मुलुक नेपालको बारेमा स्कन्द पुराणमा समेत वर्णित छ, जहाँ अनेकौं ऋषिमुनि, सन्त महन्त र महान आध्यात्मवादी देब पुरुषहरुले तपस्या गरी यहण्ाँबाट ईश्वरको अनुभूति पाएका थिए।

यो त्यही देश हो जुनबेला यो विभिन्न भुरे टाकुरे राज्यहरुमा विभाजित थियो। पछि पृथ्वीनारायण शाहको एकीकरण पश्चात यो देश बिशाल नेपालमा परिणत भै नेपाल अधिराज्यको नामाकरण भयो र पुथ्वीनारायण शाहको पालादेखि अनेकौं राजनैतिक संकटको समाधान गर्दै शाह बंशको राज अन्तिम राजा दिपेन्द्र बीरबिक्रम शाहदेवको एघार पुस्तासम्ममा गई टुंगिन पुग्यो।

यो एघारौँ पुस्तासम्म चलेको राजशाही शासन दरबारमा अनेकौं राजनैतिक छलकपटले भाइ, छोरा, मामा र भतिजाको बीचमा अनेकौं बिबाद भई हत्या हिंसा भइ एकपछि अर्को राजा बन्दै गए।

बीचमा फेरि १०४ बर्षको राणा परिवारको जर्जर शाशन चल्यो र त्यही बेलामा जंगबहादुर राणाले शासनमा उपद्रो मच्चाई पछि कोतपर्वको नृशंश हत्या काण्डद्वारा सयौं भाइ भारदारको हत्यापछि राणा शाशनको झन् जर्जर शासन चल्यो।

यसरी चाल र कुचालको अनेक षडयन्त्रको रगतले पोतिएको नेपालको शाशन अन्तत २००७ सालमा अन्त्य भई नेपालमा प्रजातन्त्रको उदय भयो। त्यति बेलासम्म पनि नेपाल बिश्वदेखी धेरै टाढा रहेकोले विदेशीहरुको प्रभाब र दवाब नेपालमा नभई देशको आन्तरिक राजनैतिक कलहबाटनै देशको संकटको वातावरण तयार भइरहेको थियो। छिमेकी देश भारतको ठूलो भूगोल रहेको र भर्खर स्वतन्त्रता पाएकोले नेपालप्रति उसको मुल प्रवाह थियो। नेपालको राज्य शासनमा भारतको आधिपत्य र बोलवाला प्रशस्त थियो।

अनेकौं काण्डको शृंखलामा २०५२/५३ मा माओबादी आन्दोलन चर्कियो भारतको ठूलो साथ र सहयोगमा। सारा माओबादी नेताहरुलाई भारतले आश्रय दियो। सोही क्रममा २०५८ सालमा राजा वीरेन्द्रको समुल परिवारको हत्याकाण्ड भयो। के भएन यो देशमा? सबै भयो। बच्यो त एउटा झण्डा।

यहीँबाट नेपालको संकट सुरु भएको पाइन्छ। नेपालको संकटको मूल कारण यहाँका धेरै शासक मध्य पृथ्वीनारायण शाह, राजा महेन्द्र र वीरेन्द्र बाहेक अन्य कुनै शासकले पनि देशको राजनैतिक आर्थिक र सामाजिक संयन्त्रको बिकाश पट्टि विचार पुर्याएनन्। राजा त्रिभुवन प्रजातन्त्र प्रेमी राजा भएता पनि राणाको चंगुलमा फसेका थिए। उनका पिता पृथ्वी बीरबिक्रमलाई त चन्द्रशमशेरले मन्द बिष खुवाएर मारेको भन्ने गरिन्छ।

२००७ साल पश्चात नेपालमा चौतर्फी राजनैतिक आर्थिक र सामाजिक संकटहरुको उजागर भयो। सर्बत्र हरेक पक्षमा लथालिंग थियो। राजा महेन्द्र एक दूरदृष्टि राजा भएकाले उनको शासन कालमा राजनीति, आर्थिक र सामाजिक संरचना अत्यन्त नाजुक अबस्थामा परिदृश्य थियो।

यही विषयलाई वहाना बनाएर राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थामा आर्थिक रुपमा मजबुत बनाउन संसारको अगाडि देशलाई संयुक्त राष्ट्र संघमा सामेल गराई देशलाई विश्व समक्ष परिचित गराए। आर्थिक सहयोग, अनुदान र ऋण रकमको ढोका खोली नेपाल भित्र्याउन सफल भए। यो संकट माथिको एक छलांङ थियो। आन्तरिक रुपमा देशमा सडक निर्माणलाई मुख्य प्राथमिकतामा राखे।

अनेकौं उद्योग कलकारखाना खोले र अनेकौं कार्यालयहरु खोली देशका जनताहरुलाई धेरै थोरै रोजगारको अवसर प्रदान गरे। कयौं बस्तुहरु निर्यातको दर्जामा पुर्याए र देशको आर्थिक अबस्थालाई मजबुत पार्दै लगे। समाजलाई नियम कानुन बनाई शान्ति सुरक्षा प्रदान गरे।

संकट भएता पनि बिस्तारै बिस्तारै सुधार्दै लगेका थिए। अकस्मात उनको निधन पछि देशको बागडोर विद्वान राजा वीरेन्द्रको हातमा पुग्यो। उनले पनि राजनैतिक, आर्थिक र सामाजिक कुराको बिषयहरुको संकटमा ज्यादै चलाखीपूर्ण ढंगबाट देशमा राजशासन चलाएका थिए। नेपाल भारत चीन जस्ता ठूला छिमेकी देशको बीचमा भएकोले र टाढा देशका राष्ट्रहरु पनि उनको शासनमा खुसिनै थिए।

किनकि देशको परराष्ट्र नीति अब्बल दर्जाको थियो। तर जब २०३७ सालको जनमत संग्रहमा प्रधानमन्त्री सूर्यबहादुर थापाले लाखौंको संख्यामा भारतीयहरुलाई नेपाली नागरिकता प्रदान गरि नेपालीलाई अल्पमतमा पार्ने खेलको सुरुवात गरे, त्यो बेलादेखि नेपालको राजनीति आर्थिक र समाजिकरणमा ठूलो संकट पैदा हुँदै आयो।

अनेक राजनैतिक आर्थिक र समाजमा बहुसंकटहरुको सृजना भयो। देशमा अमेरिका समर्थक खम्पाहरू चीनलाई दवाब दिन हिमाली भेगमा दंगा फसाद भड्काइ झण्डै युद्धको रुप लिँदा राजा वीरेन्द्रको निर्देशनमा समयमै बिद्रोहलाई नियन्त्रणमा लिइ खम्पा विद्रोह साम्य पारियो।

भारत यस्तो देश हो, जसले नेपालको लागि कहिलै पनि हितकारी भूमिका खेलेन। किनकि उसलाई नेपाल आफ्नो भूभागमा समाहित गर्नु थियो। बेला बेलामा तराइमा दंगा फसाद गराई रहने, पैसाको खोलो बगाई जनतालाई किन्ने काम भयो।

बिस्तारै नेताहरुलाई पनि आफ्नो चंगुलमा पारेर राजालाई एक्लो पार्ने काम भयो। सम्पूर्ण नदीनाला कौडीको सौदाबाजीमा भारतलाई सुम्पिइयो र देशको राजनैतिक आर्थिक र समाजिकरणमा एउटा फेरि ठूलो संकट मडारिन पुग्यो।

यो अबस्थालाई महशुस गरि २०४७ सालमा प्रधानमन्त्री कृष्णप्रसाद . भट्टराईको नेतृत्वमा सर्बदलीय संबिधान आयोग गठन गरी पूर्ब संबिधानका धेरै कुरामा परिमार्जन गरी राज अधिकारमा आफूलाई सीमित पारि संबैधानिक राजाको रुपमा रही राजा वीरेन्द्रले शासन अगाडि बढाउँदै गएका थिए।

अनेकौं काण्डको शृंखलामा २०५२/५३ मा माओबादी आन्दोलन चर्कियो भारतको ठूलो साथ र सहयोगमा। सारा माओबादी नेताहरुलाई भारतले आश्रय दियो। सोही क्रममा २०५८ सालमा राजा वीरेन्द्रको समुल परिवारको हत्याकाण्ड भयो। के भएन यो देशमा? सबै भयो। बच्यो त एउटा झण्डा।

२०५८ सालको दरवार हत्याकाण्डपछि २०६२/६३ को दिल्लीमा भएको १२ बुँदे सम्झौताले गर्दा देश राष्ट्रियता कमजोर बन्न पुगेको छ। देशको राजनीति, अर्थनीति र समाजनीतिका मेरुदण्डहरु भाँच्चिएका छन्। झन् झन् संकटरुपी कालचक्रमा आज देश फेसको छ र दिशाहीन मोडमा परेको छ।

संकटबाट पार पाउन नेताहरुले आफूभन्दा माथि मुलुकलाई राखेर निस्वार्थ भावले काम गर्नुपर्छ। देशलाई निकास दिने भनेको राजनीतिक दलले नै हो। अहिले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा भएको हुनाले राष्ट्रियता, सार्वभौमसत्ता र राष्ट्रिय हितको विषयमा सबै दल एकजुट हुन आवश्यक छ।

विशेषगरी राष्ट्रिय हितका विषयमा एकजुट हुनुपर्छ। पछिल्लो समय विभिन्न परियोजनाका नाममा नेपाल विदेशीको क्रिडास्थल हुँदैछ। यसबाट रोक्नु नै अहिलेको मुलुकलाई सही समाधान दिन सक्छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो