रुपेन्देहीको गैडहवा गाउँपालिकामा दुई सातादेखि तालाबन्दी

डिसी नेपाल
१६ साउन २०७९ १०:५०

रुपन्देही। जनप्रतिनिधिले लगाएको तालाबन्दी नखुल्दा गैडहवा गाउँपालिकाको कार्यालय गत २ साउन देखि बन्द अवस्थामा रहेको छ।

जनप्रतिनिधिले नै बिभिन्न माग राखी गरेको सो तालाबन्दीका कारण झन्डै २ साता देखी पालिका कार्यालय सञ्चालनमा नआएकाले सेवाग्राही भने मर्कामा परेका छन्। सो तालाबन्दी खुलाउन कुनै पहलकदमी नभए पछि थप समस्य देखिएको हो।

नेपाली कांग्रेस, जनमत पार्टी तथा ६ जना वडा अध्यक्षसहित २८ जना जनप्रतिनिधिले ११ बुँदे माग पत्र राखेर गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए। गाउँपालिकामा भ्रष्टचार भएको, विकास निमार्णको काम अगाडी नबढाएको लगायतका माग राखेर सो तालाबन्दी गरिएको उनीहरुले जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *