करागारमै यौन दासी बन्न बाध्य छन् जेल गार्ड

डिसी नेपाल
१६ साउन २०७९ ११:०५
1.5k
Shares

जेरुसेलम। इजरायलका प्रधानमन्त्री यायर ल्यापिडले पूर्व जेलगार्डलाई उच्च अधिकारीहरूले ‘यौन दास’ बन्न बाध्य पारेको भन्ने विषयमा अनुसन्धान गर्ने बताएका छन्।

गार्डले आफूलाई प्यालेस्टिनी कैदीले पनि बारम्बार बलात्कार गरेको गुनासो गरेकी छिन्। गिल्बोआ जेलमा महिला गार्डहरूलाई कैदीहरूले दुर्व्यवहार गरेको रिपोर्ट इजरायली मिडियाले वर्षौंदेखि गर्दै आएकी छिन्।

सन् २०२१ मा सुरुङ खनेर ६ जना कैदी सेलबाट बाहिर निस्किएको विषयले कारागार व्यवस्थापनको ध्यानाकर्षण गरेको थियो।

गत साता आफूलाई पूर्व गार्डको रूपमा चिनाउने एक महिलाले गुमनाम रूपमा आफ्नो प्रमाण अनलाइन पोस्ट गरेकी थिइन्। आफूलाई प्यालेस्टिनी कैदीले पटक–पटक बलात्कृत गरेको उनले बताइन्।

आफूलाई वरिष्ठहरूले ‘सुम्पिएको’ र उसको ‘निजी यौन दासी’ बनेको आरोप लगाइन्। उनले भनिन्, ‘ममाथि बारम्बार बलात्कार होस भन्ने चाहन्न।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *