सलमान खानले बन्दुकको लाइसेन्स लिए

डिसी नेपाल
१६ साउन २०७९ १४:१९

काठमाडौं । सलमान खानलाई मुम्बई प्रहरीले बन्दुक राख्न अनुमति दिएको छ । वास्तवमा केही दिन अघि सुपरस्टारले मुम्बईका पुलिस आयुक्त विवेक फान्सालकरलाई भेटेर आत्मरक्षाको हवाला दिँदै हतियार राख्नको लागि आवेदन दिएका थिए ।

५ जुनमा सलमानलाई ज्यान मार्ने धम्की आएको थियो । चिठ्ठीमा सलमान छिट्टै मूसेवालाजस्तै हुने लेखिएको थियो । मिडिया रिपोर्टका अनुसार सलमान त्यसबेलादेखि आफ्नो सुरक्षालाई लिएर चिन्तित छन् ।

सलमानले आफ्नो कार पनि अपग्रेड गरेका थिए । उनले आफ्नो ल्यान्ड क्रुजर कार बुलेटप्रुफ र आर्मर जडान गरेका छन् । योसँगै उनले आफ्नो कारका सबै सिसा बुलेटप्रुफ पनि बनाएका छन् । मिडिया रिपोर्टका अनुसार यो ल्यान्ड क्रुजरको नयाँ मोडल होइन, पुरानो मोडलमा नै अपग्रेड गरिएको हो ।

सलमानका बुवा सलीम मॉर्निङ वाकमा बाहिर निस्कँदा यो सबै कुरा बाहिर आएको थियो । वाकमा सलीम खानलाई अज्ञात चिठी प्राप्त भयो, जसमा उनलाई र सलमानलाई मार्ने धम्की दिइएको थियो । चिठ्ठीमा सलमान खानको हाल मूसेवाला जस्तो बनाइदिने लेखिएको थियो । यसपछि सलीम खानले आफ्ना सुरक्षाकर्मीको सहयोगमा प्रहरीलाई सम्पर्क गरे र यस सम्बन्धमा बान्द्रा प्रहरी चौकीमा मुद्दा दर्ता गरियो।

त्यसयता मुम्बई प्रहरीले पनि सलमान खानको सुरक्षा बढाएको छ र उनको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर प्रहरीको विशेष टोली तैनाथ गरिएको छ । सोही क्रममा प्रहरीले सलमानलाई सार्वजनिक उपस्थिति कम गर्न भनेको थियो । यही कारणले गर्दा यो वर्षको इदमा सलमानले आफ्ना फ्यानहरूसँग भेट्न पनि पाएनन् ।

सलमानको वर्कफ्रन्टको कुरा गर्ने हो भने अभिनेता अहिले ‘कभी ईद कभी दिवाली’ को सुटिङमा व्यस्त छन् । यस फिल्ममा सलमानका अलावा पूजा हेगडे, शहनाज गिल र कृति सेनन मुख्य भूमिकामा छन् । फिल्ममा सलमानले साउथ अभिनेता जगपति बाबुलाई पनि समावेश गरेका छन् । केही समयअघि फिल्मको नाम परिवर्तन भएको खबर पनि आएको थियो । यद्यपी निर्माताको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक बयान आएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *