एकै दिन ८९५ जनामा कोरोना संक्रमण पुष्टि,एक जनाकाे मृत्यु

डिसी नेपाल
१६ साउन २०७९ १५:५५

काठमाडौं।पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार नौ सय नौ जनामा गरिएको नमूना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

नमूना परीक्षण गरिएकामध्ये तीन हजार ६ सय ८५ जनाको पिसीआर परीक्षण र २२ सय २४ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।मन्त्रायका अनुसार पछिल्लो एक दिनमा संक्रमणका कारण एक जनाको ज्यान गएको छ । यस्तै, अहिले नेपालमा ४९ सय ३४ जना संक्रिय संक्रमित रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *