कति दिन टिक्ला बाघले ल्याइदिएको खुसी ? – Dcnepal

कति दिन टिक्ला बाघले ल्याइदिएको खुसी ?

यो बर्षको बाघ दिवस बिशेष रह्यो। राष्ट्रिय अन्तर्राष्ट्रिय मिडियामा नेपालका सुनौलो सुन्दर बाघको फोटो छायो। संरक्षण सफलताको समाचार छापियो। राष्ट्रिय बाघ संरक्षण समितिको सक्रियता बढ्यो। केन्द्रमा मन्त्रालय, बिभाग, निर्देशनालय, एनजिओ आईएनजिओको नाक,छाती ठूलो भयो।

चौतर्फी असफलताले बदनाम कमाएको, बिदेशी हस्तक्षेपले स्वदेशी पहिचान हराएको, ढुकुटी रित्तिएर कालो धनले प्राण धानिरहेको र आफ्नो फोहोरमा आफैं हराइरहेको नाजुक अवस्थामा पुगेको बेला बाघले एकपटक मातृभूमिको शिर उठाइदिएको छ, नाम चम्काइदिएको छ।

राजधानीमा सफलता र विजयोत्सव जारी छ। जस लिने दिनेको होडबाजी छ। तक्मा पुरस्कार छाप्ने दिनेको मारामार छ। वर्क फ्रम होम् बाट प्रोजेक्ट लेखनको धुईरो चलेको छ। अर्को ५ बर्ष यो विजयोत्सव मागिखाने भाँडो हुने छ।

दुःख कष्ट हैरानी फिल्डमा, भोज सहरमा। लडाई फिल्डमा, विजयोत्सव केन्द्रमा। जोखिम र क्षति फिल्डलाई, नाक ठूलो र नाफा तालुकलाई।

कसरी बढे बाघ

महत्वकांक्षी राष्ट्रिय संकल्पले बढे बाघ। राष्ट्रिय संकल्प मनासिव मात्र होईन समयको माग थियो। सलाम छ तत्कालीन बनको नेतृत्वलाई। राष्ट्रिय संकल्प फिल्डलाई मिसन भयो। मिसनले शीघ्र र लगातार शून्य सिकार बर्ष हासिल गरिरह्यो। २ बर्षे लकडाउन बाघलाई बरदान भयो। बनजंगल बढ्यो। स्थानीय जनताले ज्यानको आहुति दिए। अनि बढ्यो बाघ।

सार्वजनिक मन्त्री पद धारण गरेर ठाडै संरक्षण बिरोधी कुरा गर्ने ती मन्त्री र उनका पिछलग्गुहरुलाई कति टाउको दुखेको हुँदो हो। बिकासको मुहान फुटाउन संरक्षण क्षेत्र फाँड्नु र बाँड्नु पर्दछ भन्ने समूहले बाघलाई बिकासको बाधक देखेको छ।

तर विजयोत्सवमा विश्व मञ्च सामु संकल्प गर्ने बनको तत्कालीन साहसिक नेतृत्व दिपक बोहोरा देखिनु भएन। संकल्प साकार पार्न बाँके राष्ट्रिय निकुञ्ज र पर्सा बिस्तार गर्नुभयो। विस्तार अगावै पोष्ट स्थापना र सेना तैनाथी गरेर सुरक्षा सुनिश्चित गराउनुभयो। वहाँको आदेश भुईंमा झर्न नपाउदै तामेली गर्ने आज्ञाकारी स्टाफ म आफैं हुँ। त्यही ११८७ बर्ग कि.मि. को बिस्तार क्षेत्रले हो बाघको संख्या झण्डै तेब्बर भएको।

अर्को सलाम स्थानीय समुदायलाई छ, जसले ज्यानको आहुति दिएर र आफन्तजन गुमाएर भएपनि एकोहोरो बाघ संरक्षणमा लागे। सन्तानलाई समृद्धि आउछ भनेर।

अर्को सलाम शून्य सिकार गर्न गराउन अहोरात्र घर-परिवार, जीउ-ज्यान नभनेर फिल्डमा खट्टिने फ्रन्ट लाईनर स्टाफहरुलाई छ। निकुञ्ज र वन प्रशासनदेखि बन हेरालुसम्म। नेपाली सेना, सिआईबी लगायतको सबै सुरक्षा निकायदेखि सम्पूर्ण संरक्षण स्टेकहोल्डरहरु। सिबिएपियुदेखि स्थानीय संरक्षण स्वयंसेवहरु।

भिन्न प्राकृतिक र मानव निर्मित समस्याका बाबजुद सन्तान बढाएर जंगल ढाक्ने बाघ स्वयंलाई कसरी सलाम नपुकारुँ ?

सुरक्षा थ्रेट

नेपाल भारतको ल्याण्डस्केपमा बाघको संख्या बढ्यो। सोझो अर्थ गैंडालगायत अन्य बन्यजन्तुको संख्या पनि बृद्धि भयो। तर, यो खुशीको खबरसँगै सुरक्षा थ्रेट बढ्यो। काल जुर्मुरायो। माग बढेसँगै आपूर्तिको लागि चोरी सिकारीहरु बाघको घर छिरिसके। बन्दुक, बिषादी र पासो लिएर।

बृद्धि भएको बाघको संख्या आफै सुरक्षा थ्रेट हो स्थानीय समुदायलाई। यो उत्साहजनक बढोत्तरीले सरकार, संरक्षणकर्मी, संरक्षण स्टेकहोल्डरहरुलाई हौसाएको छ। तर बाघसँग दिनरात जुध्ने स्थानीयबासीहरुलाई झन् धेरै चिन्ता र त्रास थोपरेको छ। असुरक्षित महसुस गराएको छ।

चोरी सिकार होस् वा बाघ-मानव द्वन्द्व दुबै सुरक्षा थ्रेट हुन्। राष्ट्रिय अपमान र बेइज्जती हुन्। त्यसलाई शून्य गर्दा मात्र बाघ राष्ट्रिय गौरवको बस्तु हुन सक्दछ । समृद्धिको माद्यम हुन सक्दछ।

अन्टासन्ट बहस

बाघ किन चाहियो? हात्ती किन पाल्ने? गैंडाले के दिन्छ? चाहिएको छ बिकास …

यो एकजना पूर्व बनमन्त्रीको रटान हो। सार्वजनिक मन्त्री पद धारण गरेर ठाडै संरक्षण बिरोधी कुरा गर्ने ती मन्त्री र उनका पिछलग्गुहरुलाई कति टाउको दुखेको हुँदो हो।

बिकासको मुहान फुटाउन संरक्षण क्षेत्र फाँड्नु र बाँड्नु पर्दछ भन्ने समूहले बाघलाई बिकासको बाधक देखेको छ। त्यो समूहले बाघ र संरक्षण बिरोधी बहस छेडिसकेको छ। छापामार र खुलेआम शैलीमा।

नेपाली सेनाले दरबन्दी पूरा गरेर हरेक बाघलाई ब्यक्तिगत निगरानी र सुरक्षा दिन जरुरी छ। जहाँ बाघ त्यहाँ उसको सुरक्षा गार्ड पुग्न जरुरी छ। बाघलाई निकुञ्जभित्र अड्याउन र बाहिर निस्के बाहिरै सुरक्षा दिने संयन्त्र बनाउन जरुरी छ। रियलटाइम गस्ती अपग्रेड गर्ने, संयुक्त अपरेसन कक्ष २४ घण्टा संचालन गर्ने, सिबिएपियुसँगको सहकार्य बढाउने, गोलीले होइन बुठ् र नम्र बोलीले निकुञ्ज सिल् गर्ने र शून्य सिकार हाँसिल गरिरहने उसको संरक्षण रणनीति हुनुपर्दछ।

जुन त्रुटिपूर्ण छ। खराब नियतले आएको छ। यो भ्रम अर्को सुरक्षा चुनौती हो। निजगढ बिमानस्थल निर्माणको बहस अर्को प्रकृति र बाघ बिरोधी अस्त्र हो।

नक्कली सुकुम्बासी बनाउने र बाघको बिचरण हुने वन क्षेत्र र चुरेमा बसोबास गराउने राजनीतिक बहस र बहादुरी बाघ तताउने धपाउने प्रपञ्च हो। मातृभूमि र प्रकृति लुट्पात्का नया नया बहस र बाघ बिरोधी कुकृत्य बन्द हुन जरुरी छ।

भावी बाटो
बढेको बाघ संख्याको स्वामित्व श्रेय हामी सबैको साझा हो। यो उपलब्धिमा सारा नेपाली जनताले गर्व गर्न जरुरी छ। राजनीतिक असफल मुलुकलाई संरक्षण सफलताको नमूना र प्रकृतिको धनी देश भनेर चिनाउन जरुरी छ। अब गर्नु पर्ने कामहरु बुँदागतरुपमा प्रस्तुत गरेको छु–

पहिलो,  मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न हामी सुशासन, ब्यवहार परिबर्तन र अनुशासनमा फर्किन जरुरी छ। सुशासनले मात्र समाज संयमी हुने छ। सुशासनले बाघ पाल्ने समुदायलाई शिक्षा, स्वास्थ्य, रोजगार र जीबिकापार्जनको अवसर दिएर पहिला स्थानीय समृद्धि दिनुपर्दछ। तब मात्र बाघको दिगो संरक्षण संभव हुन्छ।

त्यो अनुशासित, संयमित, स्वस्थ, सुखी र खुशी समाजको बनमा मात्र बाघ स्वस्थ, सुखी र खुशी रहन सक्दछ। बिश्व पर्यटकहरुले रोजेको खोजेको बाघ र समाज त्यस्तो हो।

तसर्थ, स्थानीय समुदायले उत्तेजित र त्रसित् भएर होइन, अनुशासित र संयमित् भएर बाघको बासस्थान बाहिर जीबिकोपार्जनको बिकल्प खोज्नुपर्दछ। सरकारसँग माग गर्नुपर्दछ। संरक्षण मियो निकुञ्ज प्रशासन र संरक्षण खम्बा नेपाली सेनाले सरकारलाई दिनै पर्ने सुझाव र दबाब यही हो।

दोश्रो, बाघ होस् वा गैंडा निकुञ्ज भित्र अड्याउने, रमाउने, बढाउने बासस्थान सुधार गर्न अपरिहार्य छ। जाबो घाँसे मैदान सफा गर्न आर्थिक नियम कहिलेसम्म बाधक भइरहने ? घाँसे मैदान बाह्रै महिना सफा सुग्घर सुन्दर भइरहुनपर्‍यो।

ताल तलैया, घोल, सिमसार, नदी, पानी सधैं स्वच्छ सफा स्वस्थ भइरहनुपर्‍यो। बाह्रै महिना २४ घण्टा गस्ती गर्न सक्ने अलवेदर सडक संजाल हुनुपर्‍यो।  हरेक बृद्ध बाघलाई व्यक्तिगत २४ घण्टा मनिटरिङ गर्ने विज्ञान र प्रबिधि हुनुपर्‍यो।

समस्याग्रस्त बाघलाई तत्काल नियन्त्रणमा लिने र खोरभित्र राख्ने उद्धार ब्यवस्था टोली सर्वत्र स्ट्याण्डबाई हुनुपर्‍यो। ता कि एउटा पनि मानवीय र पशुधन क्षति नहोस्। बन्यजन्तु अस्पताललाई प्रबिधि, श्रोत साधन सम्पन्न बनाउने सुवर्ण अवसर।

अहोरात्र फिल्डमा खट्टिने फ्रन्टलाईन स्टाफलाई जीवन बिमा, सुरक्षित बास, शुद्ध पिउने पानी दिन बिलम्ब नगरौं। संभव भए नया निकुञ्ज, निकुञ्ज बिस्तार र जैबिक मार्ग संरक्षणको खाका अगाडि सारौं। प्राकृतिक बिपद् रोकथाम् र समृद्धिका खातिर।

तेश्रो, नेपाली सेनाले दरबन्दी पूरा गरेर हरेक बाघलाई ब्यक्तिगत निगरानी र सुरक्षा दिन जरुरी छ। जहाँ बाघ त्यहाँ उसको सुरक्षा गार्ड पुग्न जरुरी छ। बाघलाई निकुञ्जभित्र अड्याउन र बाहिर निस्के बाहिरै सुरक्षा दिने संयन्त्र बनाउन जरुरी छ।

रियलटाइम गस्ती अपग्रेड गर्ने, संयुक्त अपरेसन कक्ष २४ घण्टा संचालन गर्ने, सिबिएपियुसँगको सहकार्य बढाउने, गोलीले होइन बुठ् र नम्र बोलीले निकुञ्ज सिल् गर्ने र शून्य सिकार हाँसिल गरिरहने उसको संरक्षण रणनीति हुनुपर्दछ। सुरक्षा पोष्ट र श्रोतसाधन सम्पन्न बनाएर शून्य मानव-वन्यजन्तु द्वन्द्व र शून्य सिकारको लागि सेना अझ धेरै जवाफदेहीताका साथ समर्पित हुनुपर्दछ।

चौथो, संरक्षण साझेदार संघ-संस्थाहरुको सक्रियता र सकारात्मक सहयोगबिना प्रकृति संरक्षण संभव छैन। मानव र बाघको परिवर्तित ब्यवहारको अनुसन्धान गरेर दुबैलाई अनुशासनमा राख्न जरुरी छ। अनुसन्धानको पाटो होस् वा शिक्षा, सचेतना र समृद्धिको, संरक्षण स्टेकहोल्डरहरु अझ धेरै सक्रिय भएर संरक्षणमा लाग्न जरुरी छ।

बिज्ञान र प्रबिधिको संबाहक भएर बाघ–मानव दुबैलाई अनुशासित राख्न आवश्यक छ। यही आवश्यकता पूरा गर्न लागिपर्नुपर्दछ संरक्षणमैत्री संचारकर्मीहरु।

पाचौं, अग्रजहरुको भुल सुधार गराैं। निकुञ्ज भित्र मौजुदा राजमार्ग माथि २ तर्फी फ्लाईओभर हाइ वे बनाएर ग्रीन ईन्फ्यास्टक्चर मुलुकको पहिचान दिउँ। पुरानो तलको हाई वे को समानान्तर सुन्दर पोखरीहरु बनाएर निकुञ्जलाई सिंगारौं।

नेपाली सेनाले दिनुपर्ने अर्को संरक्षण सुझाव र दबाब। लगानी धेरै छ। ग्रीन ईन्फ्यास्टक्चरमा लगानी गर्न बिश्व बैंक, आईएमएफ लगायत आकर्षित हुने छन्। अथवा, बैकल्पिक बाटोको बिकल्प रोजौं।

अन्त्यमा, बाघ गणनाको परिणामले जसरी बिश्वलाई चकित बनाएको छ, उस्तै चकित बनाओस नेपालको सुशासनले। सुशासनले हासिल गरेको शून्य मानव-वन्यजन्तु द्वन्द्व र शून्य सिकार-शून्य अबैध ब्यापारले। अनि, घटना शून्य गराउने प्रकृतिमैत्री पूर्बाधारको पहल र प्रयासले।

बाघको संख्या ३५५ स्थानीयलाई बोझ केन्द्रलाई गौरव होइन समग्र मातृभूमिलाई सुशासन र समृद्धि दिने जादुको चाबी हुनपर्दछ। तबमात्र बाघको युग युगसम्म रक्षा कल्याण सम्मान भइरहने छ प्रकृतिको धनी सुन्दर देश र बुद्धको शान्ति भूमिमा।

बाघ दिवसलाई शुभकामना।

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो