दुर्घटनामा दिया मिर्जाकी २५ वर्षकी भान्जीको मृत्यु

डिसी नेपाल
१७ साउन २०७९ १२:२६

काठमाडौं । दिया मिर्जा र उनको परिवारका लागि यी क्षणहरू निकै कठिन छन् । दिया मिर्जाकी भान्जीको कार दुर्घटनामा मृत्यु भएको छ । तान्या मात्र २५ वर्षकी थिइन्। नायिकाले आफ्नी भान्जीको तस्बिर सेयर गर्दै फ्यानहरुलाई आफ्नी भान्जीको मृत्युको दुखद खबर दिएकी छिन् ।

दिया मिर्जाले आफ्नी भान्जीको तस्बिर सेयर गरेर उनको सम्झनामा एउटा पोस्ट पनि सेयर गरेकी छिन् । दिया मिर्जाले भान्जीको तस्बिर सेयर गर्दै क्याप्सनमा लेखेकी छिन्– मेरी भान्जी, मेरी बच्ची, मेरी प्यारी । उनले यो संसार छोडिन् । जहाँ भएपनी मेरो प्यारो तिमीले शान्ति र माया पाउन सक्छौ। तिमीले सधैं हाम्रो हृदयलाई खुशी बनाएकी छौ। ओम शान्ति।’

दिया मिर्जाकी भान्जी तान्या काकडेको कार दुर्घटनामा मृत्यु भएको छ । तान्या कांग्रेस नेता फिरोज खानकी छोरी हुन् । तान्या जम्मा २५ वर्षकी थिइन् र यति सानै उमेरमा उनले यो संसारलाई सदाको लागि बिदा गरिन् ।

 

View this post on Instagram

 

A post shared by Dia Mirza Rekhi (@diamirzaofficial)

तान्याको कार शमशाबाद एयरपोर्ट रोडमा दुर्घटना भएको हो । उनी आफ्ना साथीहरूसँग आई–२० कारमा घर फर्कदै थिइन् । डिभाइडरमा ठोक्किएपछि तान्याको कार पल्टिँदा उनको घटनास्थलमै मृत्यु भएको रिपोर्टमा उल्लेख छ । दुर्घटनाको समयमा कारमा उपस्थित अन्य दुई जना भने खतरामुक्त रहेको बताइएको छ । उनलाई उस्मानिया जनरल अस्पतालमा सारिएको छ।

शमशाबाद एसीपीका अनुसार सोमबार राति करिब १२ः०५ बजे शमशाबाद सडकमा एउटा आई–२० कार डिभाइडरमा ठोक्किएको हो । दुर्घटनामा तान्याको टाउकोमा गहिरो चोट लागेको थियो । तान्यालाई तत्कालै स्मानिया जनरल अस्पताल लगिएको थियो तर डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

चालकको नाम अली मिर्जा रहेको बताइएको छ । बाँकी कारमा उपस्थितलाई सामान्य चोट लागेको छ, उनको उपचार भइरहेको छ । दुर्घटनाको मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।

तान्या ब्यूटिसियनको काम गर्थिन् । तान्याले एक पुरानो अन्तर्वार्तामा आफू दीया मिर्जालाई आफ्नो कामको प्रेरणा मान्ने बताएकी थिइन् । तान्याले भनिन्– म मेरो जीवनमा उपस्थित सबै बलियो महिलाहरूबाट हेरेर र सिकेर हुर्किएकी छु । मेरी आमा, मेरी हजुरआमा, दीपा दादी र मेरी काकी दिया मिर्जा।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *