पहिरोले मध्यपहाडी लोकमार्गको पूर्वी रुकुम खण्ड अवरुद्ध

डिसी नेपाल
१७ साउन २०७९ २१:४९

पूर्वी रुकुम। रुकुम(पूर्व) को भूमे गाउँपालिका–३ दोमैमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । सडक माथिबाट ठूलो पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार सडकमा पहिरोसँगै ठूलठूला ढुङ्गासमेत झरेका छन् । तत्काल पहिरो हटाउन सम्भव नभएको डाँगीले बताए । “भोलि बिहानैदेखि पहिरो पन्छाउँछौँ”, उनले भने। सडक अवरुद्धपछि यात्रु बाटोमै अलपत्र परेका छन् ।

मध्यपहाडी लोकमार्गहुँदै काठमाडौँ, पोखरा, बागलुङ र रोल्पाबाट आएका यात्रु भूमे गाउँपालिका–२ काँक्री र खाबाङमा बस्न भनिएको र रुकुम(पश्चिम) बाट आउनेलाई रुकुमकोटमै बास बस्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको प्रहरी नायब उपरीक्षक डाँगीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *