बाढी पीडितलाई सरकारले राहतसहित उचित व्यवस्थापन गर्छ: परराष्ट्रमन्त्री खड्का

डिसी नेपाल
२० साउन २०७९ ८:०३

उदयपुर। परराष्ट्रमन्त्री डा नारायण खड्काले सप्तकोशी नदीमा आएको बाढी पीडितका लागि सरकारले राहत र उचित व्यवस्थापन गर्ने बताएका छन्।

बिहीबार सप्तकोशी नदी पुरानै धारमा फर्किएर डुबानमा परेका उदयपुरका बिभिन्न स्थान र कोशी कटान क्षेत्रको निरीक्षण गर्दै मन्त्री खड्काले बाढी पीडितका लागि सरकारले उचित प्रबन्ध गर्ने बताएका हुन्।

उनले बाढीका कारण हजारौं विस्थापित हुनु परेको र अब नदीको बहाव कम भएपछि बाँध बाध्ने काम सुरु हुने बताए। कोशीको कटानले उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको सिसौली, श्रीलंका टापु जलमग्न हुँदा २० हजार भन्दा बढी सर्बसाधारण विस्थापित भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *