निर्वाचनको तयारीमा जुट्न एमाले अध्यक्ष ओलीको निर्देशन

डिसी नेपाल
२० साउन २०७९ २२:०३

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । एमाले उपत्यका विशेष प्रदेश कमिटीले आज मध्यपुरथिमिको बोडेमा आयोजना गरेको राजनीतिक कार्यशालामा उनले आउँदो निर्वाचनका लागि फोकस भएर लाग्न निर्देशन दिएका हुन् ।

ओलीले भने, “आउँदो चुनाव हामीले हार्नु हँुदैन, त्यसैले मङ्सिर ४ गतेको निर्वाचनलाई फोकस भएर चुनावको तयारीमा लाग्नुहोस्, चुनाव हार्दा पनि एमालेका लागि त केही छैन तर देशले हार्छ, त्यसैले देशलाई जिताउन पनि अब एमालेलाई जिताउनै पर्छ ।” अध्यक्ष ओलीले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पार्टीले सङ्गठित र इमान्दारी पूर्वक लागेमा एक्लै बहुमत प्राप्त गर्न सक्ने दाबी गर्दै पार्टीका नेता, कार्यकर्ताले इमान्दारी पूर्वक लाग्नु पर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *