राप्रपा नेपालको गतिलाई रोक्न, छेक्न खोज्ने देशी बिदेशी शक्ति परास्त हुन्छन्ः महामन्त्री बर्तौला

डिसी नेपाल
२१ साउन २०७९ २१:१८

चरिकोट । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले राप्रपा नेपालको गतिलाई रोक्न, छेक्न खोज्ने देशी बिदेशी शक्तिलाई परास्त गर्दै पार्टी द्रुत गतिमा अघि बढ्ने बताएका छन् ।

आज दोलखाको चरिकोटमा आयोजित पार्टीको बिस्तारित बैठकमा बोल्दै महामन्त्री बर्तौलाले पार्टी र नेतृत्व विरुद्धमा प्रायोजित र योजनाबद्ध रुपमा भ्रम फैलाएर आफ्नो स्वार्थ सिद्ध गर्न खोज्ने तत्वहरुको सपना पूरा नहुने उनको दाबी थियो । बैचारिक रुपमा धारिलो, गतिशिल र इमानदार नेता कार्यकर्ताहरुको मेहनतबाट पार्टीलाई उठाउने र जनताको भरोसायोग्य पार्टी बनाउने कार्ययोजना अनुरुप कृयाशिल हुन समेत बर्तौलाले आग्रह गरे ।

ठुला भनिने दलहरुको मनपरितन्त्र र कुशासनमा पिल्सिन बाध्य भएका जनताले आगामी निर्वाचन मार्फत बिकल्प खोज्ने उनको धारणा थियो । सबै घेराबन्दी र षड्यन्त्रलाई चिर्दै राप्रपा नेपाललाई बैकल्पिक शक्ति बनाउने अभियानमा सिङ्गो पार्टी पङ्ती होमिनुपर्नेमा बर्तौलाको जोड थियो ।

कार्यक्रममा बोल्दै पार्टीका बागमती प्रदेश अध्यक्ष माधब खत्रीले राप्रपा नेपालले लिएको बिचार र बाटो बाट मात्र मुलुकले बेहोरिरहेको सड्ढटबाट मुक्ति पाउने धारणा राखे। कार्यक्रममा केन्द्रीय सदस्यद्वय रामसुन्दर बिष्ट र नबराज श्रेष्ठ लगायतले बोलेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *