विश्व आदिवासी दिवसमा सार्वजनिक बिदा

डिसी नेपाल
२४ साउन २०७९ ७:०२

दमाैली। विश्व आदिवासी दिवसका अवसरमा तनहुँका छ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। आज मनाइने सो दिवसका लागि यहाँका शुक्लागण्डकी, भानु, व्यास नगरपालिका सहित म्याग्दे, ऋषिङ , घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन्।

ती पालिकाले सोमबार अलग अलग विज्ञप्ति जारी गर्दै विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने जनाएका हुन् ।

विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले आज जिल्लाका दशवटै स्थानीय तहमा बिबिध कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष बसुन्धरा घर्तीले जानकारी दिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *