मतदाता नामावलीमा दाबी विरोधका लागि सात दिनको समय, अन्तिम नामावली भदौ ३१ गते प्रकाशन हुने

डिसी नेपाल
२४ साउन २०७९ २१:४१

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका कार्यक्रमहरु अगाडी बढाएको छ । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि आयोगले भदौ १२ देखि १९ गतेसम्मका लागि मतदाता नामावलीमा दाबी विरोधको समय दिएको छ ।

उक्त अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुई भन्दा बढी मतदान स्थल भएकोमा पायक पर्ने मतदान स्थलमा नाम सार्न निवेदन दिन सकिने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नामावली अद्यावधिक कार्यका लागि इमेल, फ्याक्स तथा अनलाइन समेतबाट निवेदन दिने व्यवस्था आयोगले गरेको छ । मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भए पश्चात प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *