उच्च अदालतका न्यायाधीशमा दुई सय ७७ आकांक्षी
काटमाठाैं। उच्च अदालतको रिक्त २७ न्यायाधीशको आवेदन खुला गरिएकामा दुई सय ७७ आकांक्षीहरूले उम्मेदवारी दिएका छन्। न्याय परिषद्ले पहिलोपटक उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि मापदण्ड निर्माण गरी आवेदन माग गरेको थियो।
परिषद्ले जिल्ला न्यायाधीश, कानुन व्यवसायी, न्याय समूहका कर्मचारी, सरकारी वकिल समूहका कर्मचारी, कानुन समूहका कर्मचारी र अन्य समूह आवेदनमा माग गरेको थियो। त्यसमध्ये जिल्ला न्यायाधीशबाट ७६, कानुन व्यवसायीबाट एक सय ७४ र कर्मचारीबाट ४६ जनाको आवेदनमा परेको छ।
कूल आवेदन परेकामध्ये दुई सय ५५ पुरुष र १९ महिला रहेका छन् । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार आवेदन परेकाहरूको प्रारम्भिक छनोटमा गरीे सूची प्रकाशित हुनेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment