दुईवटी श्रीमती र ४ जना छोराछोरी भएका गायकले उर्वशीलाई बिहेको प्रस्ताव राखेपछि…
काठमाडौं । बलिउड अभिनेत्री उर्वशी रौतेला आफ्नो सुन्दरता र स्टाइल स्टेटमेन्टका लागि चर्चित छिन् । उर्वशीप्रति फ्यानको क्रेज हेर्न लायक छ । अहिले नायिकाले आफ्नो नयाँ अन्तर्वार्तामा आफूलाई धेरै बिहेको प्रस्ताव आइरहेको खुलासा गरेकी छन् । यसै क्रममा उर्वशीले यस्तो प्रस्तावको बारेमा बताइन्, जसको बारेमा सुनेर तपाई पनि छक्क पर्नुहुनेछ ।
जब उर्वशी रौतेलालाई अन्तर्वार्तामा सोधिएको थियो कि उनलाई अनौठो प्रस्ताव आएको छ ? यसको जवाफमा उनले भनिन्– उनलाई एक पटक इजिप्टियन गायकले प्रपोज गरेका थिए । उर्वशीले सांस्कृतिक भिन्नताका कारण आफूले गायकलाई अस्वीकार गर्नु परेको बताइन् । उर्वशीले गायक पहिले नै विवाहित र दुई श्रीमती र चार सन्तान रहेको बताइन् ।
बलिउड हंगामालाई दिएको एक अन्तर्वार्तामा उर्वशीले भनिन्, ‘मैले धेरै प्रस्तावहरू पाएकी छु । तर एउटा मसँग निकै सांस्कृतिक भिन्नता भएका व्यक्तिको प्रस्ताव थियो। मानिसले आफ्नो परिवारको बारेमा पनि सोच्नुपर्छ। खासगरी महिलाहरूले यसबारे सोच्नुपर्छ, किनभने यो सजिलो छैन।
अन्तर्वार्तामा उर्वशीलाई सोधियो कि गायक इजिप्टका हुन्, जसलाई उनले दुबईमा भेटेकी थिइन् ? जसमा उर्वशीले भनिन्- हो, तर त्यो व्यक्तिका दुई पत्नी र चार सन्तान छन् । म यस्तो कुनै निर्णय लिन चाहन्न कि जहाँ म टाढा बस्नु पर्छ वा उनीहरू आएर यहाँ बस्नु पर्छ। उर्वशीले गायकको नाम भने खुलाएकी छैनन् । तर उनको अन्तर्वार्ताको भिडियोमा एक फ्यानले कमेन्ट गर्दै लेखेका छन्– ‘मोहम्मद रमजान ।’
वास्तवमा, उर्वशी रौतेलाले इजिप्टियन अभिनेता-गायक मोहम्मद रमाजानसँग म्युजिक भिडियो भर्साचे बेबी मार्फत अन्तर्राष्ट्रिय डेब्यू गरेकी थिइन्। भिडियो २०२१ मा रिलिज भएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment