अछामका १० स्थानीय तहमा शिक्षा क्षेत्रका लागि डेढ अर्बभन्दा बढी बजेट

डिसी नेपाल
२५ साउन २०७९ १४:४९
32
Shares

अछाम। अछामका १० वटा पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाले संघीय सरकारबाट डेढ अर्ब रुपैयाँभन्दा बढी बजेट प्राप्त गरेका छन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७९/८० का लागि संघीय सरकारले यहाँका स्थानीय तहहरूमा एक अर्ब ५५ करोड ७१ लाख १४ हजार रुपैयाँ बजेट विनियोजन गरेकाे हाे।

सबैभन्दा बढी साँफेबगर नगरपालिका र सबैभन्दा कम बान्नीगढी जयगढ गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले बजेट प्राप्त गरेका छन्। साँफेबगर नगरपालिकाको शिक्षा शाखालाई कर्मचारी तलब भत्ताबफत २३ करोड १५ लाख ९३ हजार, विद्यार्थी प्रोत्साहन तथा सुविधा एक करोड ६१ लाख ३७ हजार, विद्यालय सञ्चालन अनुदान ६२ लाख ६१ हजार र शैक्षिक गुणस्तर सुदृढिकरणको लागि एक करोड ४४ लाख १२ हजार गरी २६ करोड ८४ लाख तीन हजार रकम प्राप्त भएको छ।

सबैभन्दा कम रकम प्राप्त गरेको बान्नीगढी जयगढ गाउँपालिकाको शिक्षा शाखाले कर्मचारी तलब भत्ता नाै करोड ६४ लाख एक हजार, विद्यार्थी प्रोत्साहन तथा सुविधा ५० लाख नाै हजार, विद्यालय सञ्चालन अनुदान २१ लाख ८६ हजार, शैक्षिक गुणस्तर सुदृढिकरणको लागि २६ लाख ४५ हजार गरी १० करोड ४८ लाख एक हजार रकम प्राप्त गरेको छ।

यस्तै, मंगलसैन नगरपालिकाको शिक्षा शाखाले कर्मचारी तलबभत्तामा १६ करोड ९८ लाख ७२ हजार, विद्यार्थी प्रोत्साहन तथा सुविधा एक करोड ५० लाख १६ हजार, विद्यालय सञ्चालन अनुदान ४१ लाख ५० हजार, शैक्षिक गुणस्तर सुदृढिकरणको लागि ६० लाख ३४ हजार गरी १९ करोड ५० करोड ७१ हजार प्राप्त गरेको छ।

पन्चदेवलन विनायक नगरपालिकाको शिक्षा शाखालाई कर्मचारी तलबभत्ता १३ करोड ७७ लाख चार हजार, विद्यार्थी प्रोत्साहन तथा सुविधा एक करोड ५९ लाख ३२ हजार, विद्यालय सञ्चालन अनुदान ४६ लाख ८७ हजार, शैक्षिक गुणस्तर सुदृढिकरणमा एक करोड ३४ लाख २३ हजार गरी १६ करोड ४८ लाख १५ हजार रुपैयाँ विनियोजित गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

रामारोशन गाउँपालिकाको शिक्षा शाखामा कर्मचारी तलबभत्तामा ११ करोड ६६ लाख ९८ हजार, विद्यार्थी प्रोत्साहन तथा सुविधा १ करोड ३७ लाख २७ हजार, विद्यालय सञ्चालन अनुदान ४१ लाख २७ हजार, शैक्षिक गुणस्तर सुदृढिकरणको लागि दुई करोड १६ लाख ६ हजार गरी १५ करोड ४७ लाख १८ हजार, कमलवजार नगरपालिकाको शिक्षा शाखाले कर्मचारी तलबभत्ता १३ करोड ४६ लाख, विद्यार्थी प्रोत्साहन तथा सुविधा एक करोड ३१ लाख १७ हजार, विद्यालय सञ्चालन अनुदान ३८ लाख ८७ हजार, शैक्षिक गुणस्तर सुदृढिकरण ५० लाख ७४ हजार गरी १५ करोड २५ लाख ३८ हजार रकम प्राप्त भएको छ।

तुर्माखाँद गाउँपालिकाको शिक्षा शाखामा कर्मचारी तलबभत्तामा १२ करोड ९२ लाख ८२ हजार, विद्यार्थी प्रोत्साहन तथा सुविधा एक करोड ३१ लाख नाै हजार, विद्यालय सञ्चालन अनुदान ४२ लाख ८२ हजार, शैक्षिक गुणस्तर सुदृढिकरणमा ५० लाख ५५ हजार गरी १५ करोड १७ लाख २८ हजार, मेल्लेख गाउँपालिकाले कर्मचारी तलबभत्तामा १० करोड ७८ लाख, विद्यार्थी प्रोत्साहन तथा सुविधा एक करोड १५ लाख २५ हजार, विद्यालय सञ्चालन अनुदान ३४ लाख ९ हजार, शैक्षिक गुणस्तर सुदृढिकरणको लागि एक करोड ८२ लाख तीन हजार गरी १३ करोड ३२ लाख १५ हजार रकम प्राप्त गरेका छन्।

चौरपाटी गाउँपालिकाको शिक्षा शाखाले कर्मचारी तलबभत्ता नाै करोड ७७ लाख सात हजार, विद्यार्थी प्रोत्साहन तथा सुविधा ९४ लाख ९९ हजार, विद्यालय सञ्चालन अनुदान ३२ लाख ३१ हजार, शैक्षिक गुणस्तर सुदृढिकरणमा एक करोड ८० लाख ७६ हजार गरी १२ करोड ८५ लाख १३ हजार र ढकारी गाउँपालिकाले कर्मचारी तलबभत्ता आठ करोड ६५ लाख १९ हजार, विद्यार्थी प्रोत्साहन तथा सुविधा एक करोड २१ लाख ४१ हजार, विद्यालय सञ्चालन अनुदान ४१ लाख ७६ हजार, शैक्षिक गुणस्तर सुदृढिकरणको लागि ४७ लाख ९५ हजार गरी १० करोड ७६ लाख ३२ हजार रुपैंया विनियोजित गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *