कृषि उत्पादन बढाउन एमाले अध्यक्ष ओलीको आग्रह

डिसी नेपाल
२५ साउन २०७९ २१:१९

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने बताएका छन्।

एमालेको कृषि तथा पशुपक्षी केन्द्रीय विभागले आज अध्यक्ष ओली र कृषि वैज्ञानिकसँगको छलफल कार्यक्रममा उनले नेपालमा कृषि बजारको अभाव नभएको र तर त्यसको सही व्यवस्थान हुन नसकेको उल्लेख गरे । पूर्वप्रधानमन्त्री ओलीले जमिन बाँझो नराखी कृषि क्षेत्रको विकासका लागि प्रविधिको प्रयोगमा जोड दिएर यसक्षेत्रमा संलग्न हुने जनशक्ति घटाउनुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले वर्तमान सरकारले शिक्षा, प्रविधि र कृषि उपजका लागि वर्तमान सरकारले उचित ध्यान दिन नसकेको आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.