दिशासँग ब्रेकअपपछि आकांक्षाको प्रेममा परे टाइगर

डिसी नेपाल
२६ साउन २०७९ १४:२३

काठमाडौं । बलिउड अभिनेता टाइगर श्राफ र दिशा पाटनी ६ वर्षदेखि एकअर्कालाई डेट गर्दै आएका थिए तर हालै मात्र दुवै अलग भएका छन् । इटाइम्सको रिपोर्ट अनुसार अहिले टाइगरको नाम अभिनेत्री आकांक्षा शर्मासँग जोडिएको छ ।

टाइगर-आकांक्षाले यसअघि धेरै म्युजिक भिडियोमा सँगै काम गरिसकेका छन् । तर, जब टाइगरलाई अभिनेत्रीसँग डेटिङको बारेमा प्रश्न सोधिएको थियो भने उनले यी खबरमा कुनै सत्यता नभएको बताए ।

आकांक्षाको कुरा गर्दा उनले आफ्नो अभिनय करियर मोडलबाट सुरु गरेकी हुन् । सन् २०२० मा उनले साउथ फिल्म ‘त्रिविक्रम’ बाट फिल्ममा डेब्यु गरेका थिए । उनले महेश बाबु र वरुण धवन जस्ता सेलिब्रेटीहरूसँग धेरै विज्ञापनहरूमा पनि काम गरिसकेकी छिन्।

आकांक्षा र टाइगर म्युजिक भिडियो ‘कासानोभा’ मा सँगै देखिएका छन् । यसअघि यी दुईले म्युजिक भिडियो ‘आई एम अ डिस्को डान्सर २.०’ मा पनि सँगै काम गरेका थिए ।

टाइगरले आफ्नो करियर २०१४ मा फिल्म हिरोपन्तीबाट सुरु गरेका थिए । यस फिल्ममा उनको अपोजिटमा कृति सेनन थिइन् । त्यसपछि उनले धेरै फिल्ममा काम गरे जसमध्ये अधिकांश सुपरहिट भए ।

टाइगरको आगामी प्रोजेक्टको कुरा गर्दा उनी ‘गणपत’, ‘बडे मियाँ छोटे मियाँ’, ‘रेम्बो’ र ‘बागी–४’ जस्ता फिल्ममा देखिनेछन् । उनी पछिल्लो पटक ‘हिरोपन्ती २’ मा देखिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *