शहरको बीचमा प्रसिद्ध चोकमा सयौं मानिसहरूको अगाडि जोडीले शारीरिक सम्बन्ध राख्न थालेपछि…

डिसी नेपाल
२८ साउन २०७९ १३:२७

काठमाडौं । शहरको बिचमा रहेको प्रख्यात चोकमा सयौं मानिसको अगाडि उनीहरुले शारीरिक सम्बन्ध राखेका थिए । उक्त घटनाको भिडियो भाइरल भएपछि हंगामा मच्चिएको थियो । मानिसहरूले जोडीको लाजमर्दो कार्यको आलोचना गर्न थाले। त्यसपछि प्रहरी कारबाहीमा उत्रिएर जोडी पक्राउ परे ।

घटना बेलायतको लिभरपुल सहरको हो । डेली मिररका अनुसार मर्सीसाइड पुलिसले गेट्सहेडका निवासी जो फिर्बी र मर्टन रोडका निवासी केली कजिन्सलाई सार्वजनिक शिष्टताको उल्लंघन गरेको आरोपमा मुद्दा दायर गरेको छ।

अगस्टको पहिलो साता एक भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । भिडियोमा यो जोडी यौन क्रियाकलाप गरिरहेको देख्न सकिन्छ । बियर हाउसको गेटबाट अलि पर र कन्सर्ट स्क्वायर नजिकै सहरमा उपस्थित मानिसहरूका अगाडि जोडीले अश्‍लील गतिविधि गरिरहेका थिए।

अर्को क्लिप पनि सोशल मिडियामा भाइरल भयो जसमा जोडी बोल्ड स्ट्रीट र मर्सिरेल ट्रेन भित्र आपत्तिजनक कार्य गरिरहेको देखियो। सेप्टेम्बर २० मा दुवै अभियुक्त अदालतमा उपस्थित हुनेछन्।

भिडियो भाइरल भएको तीन दिनपछि ३५ वर्षीया केलीलाई प्रहरीले सोधपुछका लागि बोलाएको थियो र अगस्ट ५ मा उनलाई मुद्दामा अभियुक्त बनाइएको थियो। सोही क्रममा २३ वर्षीय फिर्बीलाई अगस्ट ८ मा पक्राउ गरिएको थियो ।

मेयर जोन एन्डरसनले पनि उक्त भिडियोमा आपत्ति जनाउँदै यस विषयमा आफू निरन्तर प्रहरीसँग सम्पर्कमा रहेको बताइन् । उनले जोडीको कार्यलाई लाजमर्दो भनेका छन् ।

मर्सीसाइड पुलिस लिभरपुल सामुदायिक प्रहरी टोलीका सुपरिटेन्डेन्ट डियान पोनाल्लीले भने-हामी मानिसहरूलाई सो भिडियो सोशल मिडियामा सेयर नगर्न अपील गर्दछौं। यदि तपाईंहरू मध्ये कसैलाई भिडियोको बारेमा केही जानकारी छ भने हामीलाई सेयर गर्नुहोस् ताकि हामी यसलाई जाँच गर्न सकौं।

प्रहरी नायब उपरीक्षक डियानले थप भने- सार्वजनिक अभद्र व्यवहारलाई प्रहरीले सहने छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *