बञ्चरेडाँडामा फोहोर फाल्न नदिन धुनिवेशीका सत्तारुढ ३ दलको विज्ञप्ति आएपछि बालेनको आपत्ति

डिसी नेपाल
२९ साउन २०७९ २०:०२

काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर फाल्न नदिने भनी धादिङको धुनिवेशी नगरपालिका–१ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले विज्ञप्ति जारी गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आपत्ति जनाएका छन् ।

फोहोर फाल्न नदिने भनी विज्ञप्ति जारी गरेकामा आपत्ति जनाउँदै बालेनले उपत्यकाको फोहोर व्यवस्थापनमा असहयोग भएको भन्दै फोहोरमाथि कुहिएको खेल खेलिएको टिप्पणी गरेका हुन् ।

धादिङको धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त व्यक्तव्य जारी गर्दै बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका छन् ।

यसप्रति असहमति जनाउँदै बालेनले एउटा स्थानीय सरकारले अर्को स्थानीय सरकारलाई असहयोग र असफल पार्ने प्रयास किन गरिन्छ भन्ने प्रश्न पनि गरेका छन् ।

‘एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नुपर्ने, असफल नै बनाउनुपर्ने खेल किन गरिन्छ ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौं ? फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिऔं । राजनीति त्यस्तो हुँदैन । त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन’, बालेनले भनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *