सानो बजेटको साउथ फिल्मले ‘लाल सिंह चड्ढा’ र ‘रक्षा बन्धन’लाई डुबाइदियो

डिसी नेपाल
३० साउन २०७९ १६:२९

काठमाडौं । २०२२ मा बलिउड फिल्महरू भन्दा साउथका फिल्महरू र तिनका सामग्री मानिसहरूलाई मन परेका छन् । ११ अगस्टमा बलिउडका दुई ठूला स्टारका फिल्म रिलिज भएका थिए । आमिर खानको लाल सिंह चड्डा र अक्षय कुमारको रक्षा बन्धन, तर अफसोस … दुबै फिल्मले बक्स अफिसमा खराब व्यापार गरिरहेका छन्। अर्कोतर्फ, सानो बजेटको साउथ फिल्म सीता राममले बक्स अफिसमा रेकर्ड तोडिरहेको छ ।

जहाँ आमिर र अक्षयको फिल्मले दर्शकलाई रुची जगाउन असफल भएको छ । योसँगै साउथ स्टार दुल्कर सलमानको फिल्मले बक्स अफिसमा दर्शकको मन जित्न सफल भएको छ । साउथको यो पिरियड ड्रामा समीक्षक र चलचित्रप्रेमीहरुले निकै मन पराएका छन् ।

चलचित्र सीता रामम तेलुगु पिरियड रोमान्टिक चलचित्र हो। यसलाई हनु राघवपुडीले निर्देशन गरेका हुन् । फिल्ममा दुल्कर सलमान, मृणाल ठाकुर, रश्मिका मन्डन्ना मुख्य भूमिकामा छन् । यो चलचित्र अगस्ट ५ मा हलमा रिलिज भएको थियो । मृणाल ठाकुरले यो फिल्मबाट तेलुगुमा डेब्यु गरेकी छिन् ।

सीता रामम १९६४ मा सेट गरिएको छ। कथा लेफ्टिनेन्ट रामको हो । जो एक आर्मी अफिसर हुन् र कश्मीर सीमामा तैनाथ छन्। उनले सीता महालक्ष्मीबाट गुमनाम प्रेमपत्र पाउँछन्। यसपछि राम सीतालाई खोज्ने मिसनमा जान्छन्। उनले सीतालाई खोज्छन् र उनलाई प्रस्ताव गर्न चाहन्छ।

फिल्ममा मृणालले सीता, दुल्कर सलमानले राम र रश्मिका मन्डन्नाले आफरिनको भूमिका निभाएका छन् । यो ताजा प्रेमकथा हेर्ने जो कोही पनि प्रेममा परेका छन् । चलचित्रको बजेट ३० करोड रहेको बताइएको छ ।

यो प्रेमकथाले विदेशी बजारमा पनि मानिसको माया पाइरहेको छ । ओपनिङ डे सीताराममले विश्वभर ५.२५ करोडको व्यापार गरेको थियो । फिल्मले विश्व बजारमा ५० करोडको ग्रस कलेक्सन गरेको छ । सानो बजेटमा बनेको फिल्म सीताराममले आफ्नो लागत उठाएको भन्न सकिन्छ ।

फिल्मले प्रमाणित गरेको छ कि फिल्म सफल हुन कन्टेन्ट नै चाहिन्छ । जहाँ बलिउडका दुई ठूला फिल्म कमाईको लागि तड्पिरहेका छन्, त्यही बीचमा सीताराममको राम्रो कमाईले बलिउड कहाँ चुक्दैछ भन्ने सोच्न बाध्य पार्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *