पेलोसीलाई ताइवान भ्रमण नगर्न सीले गरे अनुरोध

डिसी नेपाल
५ भदौ २०७९ १२:५०
1.1k
Shares

बेइजिङ। चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना अमेरिकी समकक्षी जो बाइडेनलाई गत महिनाको टेलिफोन वार्तामा अमेरिकी सभामुख न्यान्सी पेलोसीलाई ताइवान भ्रमण रोक्न आग्रह गरेको वासिंगटन पोस्टले जनाएको छ। तर सीको चासोलाई अमेरिकाले खन्डन गर्दै पेलोसीको भ्रमणअघि बेइजिङको ‘उत्तेजक’ कार्यहरू विरुद्ध चेतावनी दिइएको थियो।

चीनको आग्रहको जबाफमा अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना चिनियाँ समकक्षीलाई अमेरिकी कंग्रेस सरकारको एक स्वतन्त्र शाखा भएकोले आफूले ‘बाध्य गर्न नसक्ने’ र पेलोसीले विदेश यात्राको बारेमा आफ्नो निर्णय आफै लिने उक्त पत्रिकाले जनाएको छ।

बाइडेनले आफ्ना चिनियाँ समकक्षीलाई अमेरिकी सदनका सभामुखको भ्रमण हुने हो भने ‘उत्तेजक र जबरजस्ती’ कार्यहरू नगर्न चेतावनी दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *