टाउकोमा ‘दिमाग खाने किरा’ पसेर पूरै दिमाग खाएर खोक्रो बनाएपछि १३ वर्षका बालकको मृत्यु

डिसी नेपाल
५ भदौ २०७९ १५:११
12.8k
Shares

काठमाडौं । खोलाबाट फर्किएका १३ वर्षीय बालकको स्वास्थ्य अचानक बिग्रियो । उनलाई अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनको उपचारको क्रममा मृत्यु भयो । चिकित्सकका अनुसार बालकको टाउकोमा ‘ब्रेन इटिंग अमिबा’ प्रवेश गरेको थियो । जसका कारण उनको शरीरमा संक्रमण फैलियो र पछि अस्पतालमा उनको मृत्यु भयो ।

द मिररका अनुसार यो घटना अमेरिकाको नेब्रास्काको हो, जहाँ एक १३ वर्षीय बालक एल्कोर्न नदीमा नुहाउन गएका थिए । नुहाउने क्रममा नाकबाट किरा उनको मस्तिष्कमा पुग्यो । पछि बालकको शरीरमा संक्रमण फैलियो र यही संक्रमणका कारण १० दिनपछि अस्पतालमा उनको मृत्यु भयो ।

मस्तिष्क खाने अमिबाबाट फैलिएको दुर्लभ प्रकारको संक्रमणका कारण बालकको मृत्यु भएको हो । डगलस काउन्टी स्वास्थ्य विभागका अनुसार बालकलाई प्राइमरी अमिबिक मेनिन्गोएन्सेफलाइटिस (पीएएम) भन्ने दुर्लभ मस्तिष्क संक्रमण थियो। यो संक्रमण नाएग्लेरिया फोलेरी अमिबाबाट हुन्छ।

यो अमिबा यति खतरनाक हुन्छ कि यसले मस्तिष्कका कोशिकालाई खान्छ, जसका कारण मानिसको मस्तिष्कमा संक्रमण फैलिन्छ र उसको मृत्यु हुन्छ । नाएग्लेरिया फोलेरी अमिबा यति सानो हुन्छ कि यो माइक्रोस्कोप बिना देख्न सकिदैन। तर यो सानो प्राणी पनि मान्छे मार्न सक्षम छ।

स्वास्थ्य अधिकारीहरूका अनुसार अमिबा पानीमा नाकबाट शरीरमा प्रवेश गर्न सक्छ, जहाँ यो नाकबाट मस्तिष्कसम्म जान्छ। ‘मस्तिष्क खाने कीरा’ प्रायजसो तातो पानीको ताल, खोला, नहर र पोखरीमा फैलिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *