‘५ चिनियाँ विमानले मध्य रेखा पार गरे’
ताइपेइ।ताइवानको रक्षा मन्त्रालयले ताइवान स्ट्रेट मध्य रेखा पार गर्ने पाँचवटा विमानसहित आइतबार ताइवानको वरिपरि १२ चिनियाँ विमान र पाँच चिनियाँ जहाज भेटिएको जनाएको छ।
यसै महिनाको सुरुदेखि अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले टापुको भ्रमण गरेपछि चीनले ताइवान नजिकै अभ्यास गरिरहेको छ। ताइवान सरकारको कडा आपत्तिको बाबजुद चिनियाँ सेनाको जहाजले मध्यरेखा पार गरेको हो।
ताइवानलाई चीनले आफ्नो महत्वपूर्ण अंश मान्छ । तर, ताइवानले आफूलाई सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र देश सम्झन्छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment