इङ्लिस प्रिमियर लिग : चेल्सी स्तब्ध, सिटी रोकियो

डिसी नेपाल
६ भदौ २०७९ ७:१६
180
Shares

काठमाडौं। इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी लिड्स युनाइटेडसंग स्तब्ध हुँदा म्यानचेस्टर सिटी भने न्युक्यासल युनाइटेडसँग रोकिएको छ। लिड्सले चेल्सीलाई ३-० ले पराजित ग र्‍यो । लिड्सको जितमा ब्रेन्डेन आरोन्सन, रोड्रिगो मोरेना र ज्याक ह्यारिसनले एक-एक गोल गरे।

खेलको ३३औं मिनेटमा आरोन्सनको गोलबाट घरेलु टिमले अग्रता लिएको थियो। त्यसको पाँच मिनेटपछि मोरेनाले हेडर गोलमार्फत लिड्सको अग्रता दोब्बर पारे। यस्तै, ६९औं मिनेटमा ह्यारिसनले तेस्रो गोल गरे।

लिड्सले पछिल्लो पटक चेल्सीलाई सन् २००२ मा २–० ले पराजित गरेको थियो। जितसँगै तीन खेलबाट सात अंक जोडेको लिड्स तेस्रो स्थानमा उक्लिएको छ। थोमस टचेलको प्रशिक्षणमा रहेको चेल्सीको यो पहिलो हार हो । तीन खेलबाट चार अंक जोडेको चेल्सी तालिकाको १२औं स्थानमा छ।

यता, सिटीले घरेलु टोली न्युकासल युनाईटेडसँग ३(३ को बराबरी खेल्यो। सिटीले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरी खेल्न बाध्य भयो। खेलको पाँचौं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाए। तर, खेलको २८औं मिनेटमा मिगुएल अल्मिरोन, ३९औं मिनेटमा कलुम विल्सन र ५४ औं मिनेटमा कप्तान केइरन ट्रिपियरले फ्रिकिकबाट गोल गरेपछी न्युकासललाई ३(१ को अग्रता लियो।

खेलको ६४औं मिनेटमा एर्लिङ हालाण्ड र ६४औं मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई ३(३ गोलको बराबरीमा ल्याए। बराबरीसँगै सिटीले ३ खेलमा ७ अंक जोडेर दोस्रो स्थानमा छ । न्युकासल ५ अंक जोडेर छैटौं स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *