जर्मनीका चान्सलरलाई किन घेरे टपलेस युवतीले ?

डिसी नेपाल
६ भदौ २०७९ १२:५६
252
Shares

वर्लिन। जर्मनीका चान्सलर ओलाफ सोल्ज एउटा सार्वजनिक कार्यक्रममा ग्यास आयातमा प्रतिबन्ध लगाउन आह्वान गर्दै दुई टपलेस महिला प्रदर्शनकारीले घेरेका छन्। रिपोर्ट अनुसार सोज्ल वर्लिनको चान्सेलरीमा संघीय सरकारको खुला दिवस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा टपलेस युवतीले घेरेका हुन्।

घेरा हाल्नुअघि दुबै युवतीले पूर्ण रूपमा लुगा लगाएका थिए। तर, चान्सलरले सञ्चारकर्मीलाई सम्बोधन गर्न थालेपछि दुबै युवतीले टपलेस बनेर आफ्नो शरीरमा लेखेको ‘अहिले ग्यास प्रतिबन्ध’ लगाउ लेखेको सन्देश प्रदर्शन गरेका थिए।

स्थानीय सञ्चार माध्यमको रिपोर्टअनुसार युवतीको हर्कतपछि सुरक्षाकर्मीले तत्काल दौडिएर ती महिलालाई हटाएका थिए। सार्वजनिक कार्यक्रममा सोल्जलाई लक्षित गरेर विरोध प्रदर्शन गरिएको यो पहिलो घटना होइन्।

गत साता पूर्वी जर्मनीस्थित सहर न्युरोपिनको भ्रमणका क्रममा सोल्जलाई प्रदर्शनकारीले खिल्ली उडाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *