किन ठोकिन्छ नासाको जेम्स वेब टेलिस्कोपमा क्षुद्रग्रह ?

डिसी नेपाल
६ भदौ २०७९ १३:४७
76
Shares

न्युयोर्क। अमेरिकी अन्तरिक्ष निकाय नासाको जेम्स वेब टेलिस्कोपमा बारम्बार क्षुद्रग्रह ठोकिने गरेको छ। मे महिनामा संसारको सबैभन्दा ठूलो र शक्तिशाली स्पेस टेलिस्कोप जेम्स वेब स्पेस टेलिस्कोप(जेडब्लुएसटी)मा एक क्षुद्रग्रहको आक्रमणबाट ठूलो क्षति भएको थियो।

यो टेलिस्कोप युरोपेली स्पेस एजेन्सी (ईएसए) र क्यानाडेली स्पेस एजेन्सी (सीएसए)को सहकार्यमा नेसनल एरोनेटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन (नासा)ले निर्माण गरेको हो।

यो बहुमूल्य प्रविधिबाट बनेको छ। अन्तरिक्षमा यसअघि पहुँच नभएका घटनाक्रम र वस्तुस्थिति निरीक्षण गर्न अन्तरिक्ष टेलिस्कोपमा ठूलो ऐना राखिएको छ। टेलिस्कोपले यो महत्वाकांक्षा पूरा गर्न जेडब्लूएसटी आगामी वर्षहरूमा पनि सञ्चालनमा रहन्छ।

परियोजनाको दीर्घायुलाई लिएर चिन्ता बढेको छ। किनकी सन् २०२२ को मेमा क्षुद्रग्रह ठोकिँदा पहिले अनुमान गरेभन्दा ठूलो क्षति टेलिस्कोपलाइ भएको थियो। स्थापनापछि वेब टेलिस्कोपमा ६ वटा माइक्रोमेटियोराइटहरूले प्रहार गरिसकेका छन्।

त्यस्तै, पाँचवटा उल्कापिण्डले टेलिस्कोपमा नगण्य मात्रामा र छैटौंले जेडब्लूएसटीलाई केही क्षति पुर्‍याएको छ। उल्का पिण्डले कुनै एउटा प्यानलमा क्षति पुगेकोले यसले वेब टेलिस्कोपको तस्बिर लिने क्षमतालाई असर नगर्ने बताइन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *