भाजपा शीर्ष नेतालाई मार्ने योजना बनाइरहेका आइएस आत्मघाती बम आक्रमणकारी रूसमा पक्राउ

डिसी नेपाल
६ भदौ २०७९ १६:०५
4.0k
Shares

काठमाडौं । इस्लामिक स्टेट आतंककारी संगठनका आत्मघाती हमलाकारीलाई रुसमा पक्राउ गरिएको छ । उनले भारतमा सत्तारुढ दल भाजपाका ठूला नेतालाई आत्मघाती हमलामा मार्ने योजना बनाएका थिए । रुसी सरकारी एजेन्सी फेडरल सेक्युरिटी सर्भिसले सोमबार उनलाई पक्राउ गरेको जानकारी दिएको हो ।

रुसी सुरक्षा एजेन्सीले आतंकवादी संगठन इस्लामिक स्टेटसँग सम्बन्धित एक आतंककारीको पहिचान गरेको छ । त्यसपछि एफएसबीले उनलाई हिरासतमा लिएको थियो। फेडरल सेक्युरिटी सर्भिसले उनी मध्य एसियाली देशको मूल निवासी भएको बताएको छ । उनले भारतको सत्तारुढ दल भाजपाका कुनै नेतामाथि आक्रमण गर्ने योजना बनाएको बताइएको छ । सुरक्षा निकायले जारी गरेको विज्ञप्तिमा यो जानकारी दिइएको छ ।

एजेन्सीका अनुसार अभियुक्तले अप्रिलदेखि जुनसम्म टर्कीमा आतंकवादी तालिम लिएका थिए । उनलाई आइएस नेताले आत्मघाती बम्बरको रूपमा भर्ती गरेका थिए। त्यहाँ उनलाई आत्मघाती आक्रमणको तालिम दिइएको थियो । उनी टेलिग्राममार्फत आईएससँग जोडिएका थिए । यसपछि आतंकवादीले आईएसआईएसप्रति वफादारीको शपथ लिएका थिए ।

रुसी सरकारी एजेन्सीका अनुसार आतंकवादी सङ्गठनले उनलाई आवश्यक कागजातसहित रुस पठाएको थियो र त्यसपछि उनलाई यहाँबाट भारत पठाउने व्यवस्था गरेको थियो जहाँ उनलाई सत्तारुढ दलका ठूला नेतामाथि आक्रमण गर्ने जिम्मा दिइएको थियो । यद्यपी आतंकवादीले कुन भारतीय नेतालाई विष्फोट गर्ने षड्यन्त्र रचेको भन्ने बारेमा भने कुनै खुलासा भएको छैन ।

एक दिन पहिले, खुफिया एजेन्सीहरूले पञ्जाबमा आतंकवादी हमलाको अलर्ट जारी गरेको थियो, जसमा पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईले पञ्जाबलाई आतंकित गर्ने षड्यन्त्र रचेको बताइएको थियो। अलर्टका अनुसार पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईले चण्डीगढ र मोहालीमा आतंकवादी हमलाको योजना बनाएको छ।

आतंकवादीहरूले चण्डीगढ र मोहालीमा आतंकवादी हमला गर्न सक्छन् र बस स्ट्यान्डहरूलाई लक्षित गर्न सक्छन्। खुफिया एजेन्सीहरूले पञ्जाब पुलिस, जीआरपी, राज्य खुफिया एजेन्सीलाई आपसमा समन्वय गरेर इनपुटमा काम गर्न भनेका छन्। गत ३ दिनमा खुफिया एजेन्सीहरूले जम्मू कश्मीरमा आतंकवादी संगठन टीआरएफमा आतंकवादी हमलाको अलर्ट जारी गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *