जोखिमसँग नडराइ १ लाख लगानी गर्दा डेलीभरी ब्वाय एक झट्कामा करोडपति बने
काठमाडौं । एक अमेजन डेलिभरी ब्वायले मिहिनेत गरेर लगभग १ लाख रुपैयाँ (७०० पाउण्ड) बचत गरे। त्यसपछि उनले ठूलो जोखिम उठाए । उनले सबै पैसा क्रिप्टोकरेन्सीमा लगानी गरे। अहिले २८ वर्षको उमेरमा उनी करोडपति बनेका छन् ।
उक्त व्यक्तिको नाम कैफ भट्टी हो । उनी बेलायतको राजधानी लण्डन वेस्ट ड्रेटनका हुन्। विद्यालयका शिक्षकहरूले आफूलाई सहपाठीका अगाडि ‘अपमानित’ गरेको उनले बताए ।
डेलीस्टारमा प्रकाशित एक रिपोर्टका अनुसार २०१७ मा विश्वविद्यालयबाट स्नातक पूरा गरेपछि, उनले अमेजन को लागि डेलिभरी ब्वायको रूपमा काम गर्न थाले। उनी दिनमा १४ घण्टा काम गर्थे । यो कामका कारण कैफलाई दुःख लाग्न थाल्यो र उनको जीवन यस्तै रहिरहन्छ भन्ने लाग्न थाल्यो ।
तर कैफले ठूलो जोखिम उठाए । उनले आफ्नो सबै बचत क्रिप्टोकरेन्सीमा लगानी गरे। उनले ‘भर्ज’ नामको क्रिप्टोकरेन्सीमा करिब ६६ हजार रुपैयाँ लगानी गरे ।
चाँडै सिक्काको मूल्यमा ठूलो वृद्धि भएको थियो। यो लगानीबाट उनले करिब ४५ लाख रुपैयाँ (३० हजार पाउण्ड) कमाए । यसपछि उनले अमेजनको जागिर छाडे । कैफले भने- मलाई विश्वास लागेन। यति धेरै पैसा मैले पहिले कहिल्यै देखेको थिइनँ।
कैफले थप भने, ‘यो अद्भुत अनुभूति थियो । मैले आफ्नो क्षमताको बारेमा थाहा पाएँ। यसले मलाई क्रिप्टोको बारेमा थप जानकारी सङ्कलन गर्न प्रेरणा दियो। त्यो बेला मैले निर्णय गरें कि म धेरै पैसा कमाउन चाहन्छु। यसका लागि मैले आफ्नो मन बनाएको छु ।’
सौभाग्यवश, कैफले जोखिम लिएको इनाम पाए र उनको आम्दानी बिस्तारै बढ्न थाल्यो। अमेजन छोडेको केही महिनापछि उनले करिब साढे सात करोड (५ लाख पाउण्ड) कमाए र एक वर्षपछि उनको कमाई दोब्बर भयो अर्थात उनी मिलियनेयर बने ।
करोडपति बनेपछि कैफ दुबई गए । अहिले उनी सपनाको जीवन बिताइरहेका छन् । उनले त्यहाँ करिब सवा ६ करोड रुपैयाँ (५ लाख डलर) मा पेन्टहाउस अपार्टमेन्ट र करिब ३ करोड रुपैयाँ (२ लाख ५० हजार डलर) को मर्सिडिज जी वैगन कार किनेका छन् ।
सुरुमा कैफका अभिभावक अमेजनले जागिर छोड्ने निर्णयको पक्षमा थिएनन्। तर जब कैफले यसबाट राम्रो कमाई गर्न थाले, अभिभावकको सोच बदलियो । कैफले भने, ‘यति सानै उमेरमा मैले यति धेरै उपलब्धि हासिल गरेकोले अभिभावकलाई मप्रति गर्व छ ।







डिसी नेपाल







Facebook Comment