तीन सयले बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
८ भदौ २०७९ ११:३२

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबार सुनको मूल्य प्रति तोला ९५ हजार तीन सय तोकिएको छ।

मंगलबार प्रति तोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको सुनको आज ३ सयले बढेर प्रति तोला ९५ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार पाँच सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार एक सय ६५ तोकिएकोे महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *