२.८७ अंकले बढ्यो नेप्से, डेढ अर्बमाथिको कारोबार

डिसी नेपाल
८ भदौ २०७९ १५:१४

काठमाडौँ। साताको कारोबारको चौथौ दिन बुधबार सेयर बजार बढेको छ। आज नेप्से २.८७ अंकले बढेर २ हजार ०५७.८५ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२३ कम्पनीको ३६ लाख ७८ हजार ७०५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ५२ करोड ६१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण काबेली पावरको भएको छ। यसको आज १६ करोड ९२ लाखभन्दा बढीको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटा उपसुचकमध्ये ७ उपसुचक बढेको छ भने बाँकी उपसुचक घटेको छ। आजको कारोबारम मन्दाकिनी हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको सेयर भाउ १० प्रतिशतले बढेको छ। यी कम्पनीका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, सिद्धार्थ इक्युती फण्ड र गोर्खाज फाइनान्सका लगानीकर्ताले अधिकतम गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *