नवौं राष्ट्रिय प्रतियोगीताका लागि सितोरियो करातेको छनौट खेल सुरु

डिसी नेपाल
९ भदौ २०७९ ६:३३
32
Shares

खोटाङ। नवौं राष्ट्रिय प्रतियोगीताका लागि खोटाङमा सितोरियो करातेको छनौट खेल सुरु भएको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगीता २०७९ अन्तर्गत जिल्लास्तरीय छनौट प्रतियोगीता एबं चौथो जिल्लास्तरीय कराते प्रतियोगीता सुरु भएको हो।

जिल्ला खेलकुद बिकास समितिको कबर्डहलमा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगीता बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले उद्घाटन गरेका छन्।

प्रदेशस्तरीय प्रतियोगीतामा सहभागी हुने खेलाडी छनौटका लागि नेपाल सितोरियो कराते संघसँगको सहकार्यमा जिल्ला खेलकुद विकास समितिले प्रतियोगीता आयोजना गरेको हो । प्रदेश स्तरीय प्रतियोगीताका लागि खोटाङबाट सितोरियो करातेका २९ जना खेलाडी छनौट हुने छन्।

एकैदिनमा प्रतियोगीता नसकिएका कारण छनौट हुने खेलाडीको अन्तिम परिणाम बिहीबार मात्र टुंगो लाग्ने छ। जिल्लास्तरिय छनौट प्रतियोगीताबाट छानिएका खेलाडीले आगामी भदौ १६ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने प्रदेशस्तरीय प्रतियोगीतामा सहभागी हुन पाउने जिल्ला खेलकुद बिकास समितिका प्रमुख लिलाभक्त केसीले बताए।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगीताअन्र्तगत खोटाङबाट १४ विद्याका खेलाडीले प्रतिष्पर्धा गर्नेछन्। सितोरियो कराते, फुटबल, भलिबल, एथ्लेटिक्स, व्याडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, टेवलटेनिस, शारीरिक सुगठन, पौडी, भारोत्तलन र सफ्ट टेनिसका १५८ खेलाडी छनौट हुनेछन्। त्यसमध्ये भलिबलका १८, एथ्लेटिक्सका २२ र बुद्धिचालका ४ जना खेलाडी छनौट भइसकेको छ।

बिहीबार र शुक्रबार सञ्चालन हुने छनौट प्रतियोगीताबाट तेक्वान्दोका २२ जना, टेबलटेनिसका ४, फुटबलका ३२ र व्याडमिन्टनका ७ खेलाडी छनौट हुने खेलकुद विकास समितिले जनाएको छ ।

यस्तै, भारोत्तलनका २, उसुका १०, बक्सिङका ३, पौडीका २, शारीरिक सुगठनका १ र सफ्ट टेनिसका २ खेलाडीले प्रदेश स्तरीय खेलमा सहभागी जनाउने केसीले बताए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगीता पोखरामा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *