समानुपातिकतर्फ भाग लिन चाहने दलहरुले शुक्रबारदेखि निवेदन दिनुपर्ने

डिसी नेपाल
९ भदौ २०७९ ७:११

काठमाडौं। निर्वाचन आयोगले आगामी आमनिर्वाचनमा समानुपातिक तर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन दिन आग्रह गरेको छ। निर्वाचन आयोगले एक सूचना जारी गर्दै समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दललाई निवेदन दिन आग्रह गरेको हो।

आसन्न मंसिर ४ गते हुने संघीय र प्रदेश चुनावमा भाग लिन आजदेखि १२ गतेसम्म तीन दिनभित्र समानुपातिक तर्फ दल दर्ता निवेदन गरिसक्नु पर्ने आयोगले जनाएको छ।

आयोगका अनुसार समानुपातिक तर्फको निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दलले समानुपातिक तर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुपर्ने छ । निर्वाचन प्रयोजनका लागि ८४ राजनीतिक दलले आयोगमा दल दर्ता गरी सकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *