अमेरिकाबाट जापान जाने महानिरीक्षकद्वयको गाेप्य योजना !

डिसी नेपाल
९ भदौ २०७९ ७:४८

काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल नेपालमा चुनावको माहोल तातिरहेको बेला अमेरिका जाने भएका छन्।

इन्टरपोलको बैठकमा भाग लिन अमेरिका जाने तय भए पनि जापान भ्रमणलाई भने गोप्य राखिएको छ। उनीहरु इन्टरपोलको बैठक सकिएपछि जापान भ्रमणमा जाने तय भएपनि त्यसलाई गोप्य राखिएको छ।

जापानको प्रहरीसँग नेपाल प्रहरीले केही आर्थिक सहयोग माग गरेको र त्यसका लागि जापनीज प्रहरीलाई इमेल मार्फत सो प्रस्ताव गरेको भएपनि त्यसको जवाफ आइनसकेकाले जापान जाने कार्यक्रमलाई बाहिर ल्याएका छैनन्।

नेपाल प्रहरीका एक अधिकारीका अनुसार आजभोलि नै जापनी दूतावास मार्फत कुराकानी गर्ने सो कुराकानी सकारात्मक भए उनीहरुको जापान भ्रमण औपचारिक हुने नत्र अनौपचारिक हुनेछ।

‘अहिलेसम्म अनौपचारिक भ्रमण हो, व्यक्तिगत भ्रमण हो तर जापानीज प्रहरीले नेपाल प्रहरीको सहायता सम्बन्धी प्रस्ताव स्वीकार गरेमा त्यो औपचारिक हुनेछ’, नेपाल प्रहरीका एक अधिकारीले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *